Shittalpati
तानसेनको आश्रममा रहेका एक पुुरुषको मृत्यु

पाल्पा, जिल्लाको तानसेनस्थित भुषालडाँडामा रहेको निलसागर आश्रममा एक पुरुषको मृत्यु भएको छ । बुधबार विहान आश्रममा रहेका अन्दाजी ६२ वर्षीय राजु सुब्बा नाम बताउने व्यक्तिको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनको वास्तविक वतन भने खुल्न सकेको छैन् । गत वैशाख १४ गते तानसेन बजारमा बेवारिसे अवस्थामा फेला परेका उनलाई तानसेन नगरपालिका–३ वडा कार्यालयले आश्रममा व्यवस्थापन मिलाएको थियो । मंगलबार साझाँ खाना खाई सुतेका उनी विहान अबेलासम्म पनि नउठेपछि आश्रमका कर्मचारी हेर्न जाँदा उनलाई मृत अवस्थामा फेला पारेका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update