Shittalpati
कृषकलाई अनुदानमा कृषि सामग्री

लुम्बिनी, रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कृषकका लागि अनुदानमा कृषि सामग्री (औजार) उपलब्ध गराइएको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा २९ पशुपालक फार्म तथा कृषकलाई साना कृषि औजार उपलब्ध गराएको हो ।

ती सामग्रीमा इलेक्ट्रिक च्यापकटर (घाँस तथा पराल र छवाली काट्ने उपकरण), प्रेसर क्लिनर (गोठ सफा गर्ने उपकरण), काउ म्याट (गोठमा ओछ्याउने म्याट) लगायत सामग्री वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए । करिब रु १० लाख बराबरको साना कृषि औजार वितरण गरिएको पशु शाखा प्रमुख राजु कुँवरले जानकारी दिए । नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले कृषकको समय बचत गर्न र पशुपालक कृषकलाई काममा अग्रसर गराउन यस्तो कार्यक्रम ल्याइएको बताए । उनले पछिल्लो समय युवाको कृषिमा सहभागिता बढेको भन्दै देशमै स्वरोजगार हुन यस्ता अनुदानका कार्यक्रमले सहयोग पुग्नेमा चर्चा गरे । –रासस

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update