Shittalpati
सुरक्षित गर्भपतनमा पाल्पाका स्थानीय सरकारको छैन नीति र कार्यक्रम

सुनिल कार्की
पाल्पा, नेपालको संविधान २०७२ ले मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रुपमा व्याख्या गरेको छ । जसले तीन तहका सरकारको व्यवस्था गरेसँगै स्थानीय तह, प्रदेश र संघीय सरकार बनेका छन् । तीन तहकै सरकारमा क्रमश स्वास्थ्य शाखा, निर्देशनालय, विभाग र मन्त्रालयकै व्यवस्था छ । सबै सरकार एक अर्को सरकारसँग आपसी समन्वय र सहकार्यमा चलिरहेका छन् । नागरिकको नजिकको सरकार स्थानीय तहले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर योजना, नीति कार्यक्रम तर्जुमा गरे पनि स्वास्थ्य भित्रको स्वास्थ्य सुरक्षित गर्भपतनको विषय र सवाल भने स्थानीय सरकारको न्यून प्राथमिकतामा परेको स्वयम स्थानीय सरकारकार प्रमुख स्वीकार छन् । नेपालको पछिल्लो संविधानले नै स्वास्थ्यलाई मौलिक हकका रुपमा राखेको छ । तर स्वास्थ्यलाई सहज र सजिलै नागरिकसम्म पु¥याउन बनाउनुपर्ने नीति,कार्यक्रमलाई भने ध्यान दिन नसकेको सरोकारवालाहरुको भनाई छ ।

स्थानीय सरकारको पहल र प्रयास
पाल्पामा १० स्थानीय तह रहेका छन् । दुई नगरपालिका र ८ गाउँपालिका रहेको जिल्लामा ८१ वटा वडा छन् । एक स्थानीय तहमा नगरपालिकाको हकमा स्वास्थ्य शाखामा तीन जना कर्मचारी रहने व्यवस्था छ भने गाउँपालिकामा दुई स्वास्थ्यकर्मीको दरबन्दी रहेको छ । यस बाहेक विषयगत समिति अन्र्तरगत वातावरण तथा स्वास्थ्य समितिका संयोजक जनप्रतिनिधिमुलक भूमिकामा रहेर नगर गाउँ सभामा स्वास्थ्य सम्बन्धी नीति कार्यक्रम र कार्यविधि बनाउन एजेण्डा प्रस्ताव गर्ने र अनुमोदन गर्ने भूमिकामा हुन्छन् । तर पाल्पाका अधिकाश स्थानीय सरकार नगरपालिका गाउँपालिकाले भने सुरक्षित गर्भपतन सवालमा कुनै पनि नीति तथा कार्यक्रम बनाउन सकेका छैनन् । संघीय सरकारबाट शर्सतमा विनियोजन भई आउने शर्सत बाहेक पालिकाको तर्फबाट त्यस्तो छुट्टै नितिमार्फत कार्यक्रम गर्न नसकेको देखिएको हो । भनिन्छ सिंह दरबारको अधिकार गाउँ–गाउँमा तर अधिकार आयो कार्यन्वयन तर्जुमा भने नभएको देखिएको हो । एउटा छुट्टै स्वयक्त निकायको रुपमा स्थानीय सरकार हुने भनि संविधानमै उल्लेख गरिएको छ तर स्थानीय सरकारले आफुँले पाएको अधिकार र कर्तव्यलाई भने बिर्सेको भान हुन्छ । स्थानीय सरकार सुरक्षित गर्भपतनलाई प्रभावकारी बनाउने सवालमा संघीय सरकारकै सुरक्षित मातृत्वकै कार्यक्रममा भर पर्दा सिमित पालिकाका सिमित सुचिकृत स्वास्थ्य संस्था मार्फत १२ हप्तासम्मको गर्भपतन हुने गरेको छ । जिल्लाका पालिकाले सुचिकृत स्वास्थ्य संस्थामार्फत गर्भपतन गराउन आएका सेवाग्रहीलाई सेवा दिने बाहेक असुरक्षित गर्भधारणलाई न्यूनिकरण गर्न त्यस्तो प्रभावकारी निति कार्यक्रम बनाउन नसकेको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा.राजेन्द्र गिरीले बताए । पाल्पाका १० पालिका मध्ये एउटा पालिकाले पनि सुरक्षित गर्भपतनका विषयमा आफ्नै छुट्टै संघीय सरकारको भन्दा फरक कार्यक्रम सुरु नै गर्न नसकेको प्रमुख डा.गिरीको भनाई छ ।

कुन पालिकाले के गरे सुरक्षित गर्भपतना सवालमा
तानसेन नगरपालिका
तानसेन नगरपालिकाले प्रजनन् रुग्डता कार्यक्रम मार्फत पछिल्लो चार वर्षदेखि महिलाहरुको पाठेघरको मुखको क्यानसर भिआइए टेष्ट गर्दै आएको स्वास्थ्य शाखा प्रमुख भविन्द्र न्यौपानेले बताए । संघीय सरकारबाट विनियोजन भई आउने १ लाख ८० हजार बजेटबाट १४ वटै वडामा शिविर सञ्चालन गरेको स्वास्थ्य शाखा प्रमुख न्यौपानेले जानकारी दिए । तानसेन १४ अर्गलीको अर्गली स्वास्थ्य चौकी र तानसेन ८ मदनपोखरको मदनपोखरा स्वास्थ्य चौकीमा औषधीमार्फत हुने गर्भपतन सेवा दिर्दै आएको छ ।

रामपुर नगरपालिका
पूर्वी पाल्पाको रामपुर नगरपालिकाले गेझा स्वास्थ्य चौकी र गाँडा स्वास्थ्य चौकीमार्फत १२ हप्ता सम्मको सुरक्षित गर्भपतन सेवा दिर्दै आएको रामपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गिरीराज घिमिरेले बताए । रामपुरले पनि संघीय सरकारको सर्शतमार्फत आउने बजेटबाट एकिकृत घुम्ती शिविर मार्फत पाठेघरको मुखको क्यान्सर परिक्षण र बृहत प्रजजन् तथा यौनिकता शिक्षा सम्बन्धी अभिमुखिकरण विद्यालयमा सञ्चालन गरेको प्रमुख घिमिरेले जानकारी दिए ।

रिब्दीकोट गाउँपालिका
पश्चिम पाल्पाको रिब्दीकोट गाउँपालिकाले पालु·, देउराली र खस्यौली स्वास्थ्य चौकी सुचिकृत स्वास्थ्य संस्था हुन् । यी सबै स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर पनि रहेकाले सुरक्षित मातृत्व र आमा सुरक्षा कार्यक्रमबाट नै गर्भपतन सेवा दिर्दै आएको स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले बताए ।

रैनादेवी छहरा गाउँपालिका
९ वटा वडा रहेको यस पालिकामा छहरा स्वास्थ्य चौकीबाट मात्रै सुरक्षित गर्भपतन सेवा दिर्दै आएको छ । भौगोलिक हिसाबले समेत दुर्गममा रहेको यस पालिकामा स्वास्थ्य सचेतनामार्फत सुरक्षित गर्भपतनलाई टोल–टोल रसमुदायमा पुर्‍याउनुपर्ने हो तर यो हुन सकेको छैन् । गाउँपालिकाले सुरक्षित गर्भपतनका बारेमा के गर्नुपर्ने हो ठ्याक्कै थाहा नभएको पालिकाका स्वास्थ्य शाखा प्रमुख रानाले बताए ।

बगनासकाली गाउँपालिका
यस गाउँपालिकाले नायर, चापपानी र खानिगाउँ स्वास्थ्य चौकी सुरक्षित गराउन पाउने सुचिकृत स्वास्थ्य संस्था हुन् । र यही तीन स्वास्थ्य चौकीबाट तालिम प्राप्त स्वास्थ्यकर्मीमार्फत सुरक्षित गर्भपतन सेवा दिर्दै आएको तर सुरक्षित गर्भपतनको प्रभावकारीताको लागि छुटै त्यस्तो निति कार्यक्रम र बजेट भने पालिकाले विनियोजन नगरेको स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले जानकारी दिए । सुरक्षित गर्भपतनका सवालमा बगनासकाली पनि आमा समूह र सामुदायिक स्वास्थ्यकर्मीको भर पर्नुपर्ने बाध्यता रहेको उनले स्वीकार गरे ।

पूर्वखोला गाउँपालिका
पूर्वी पाल्पाको यस गाउँपालिकाले सुरक्षित गर्भपतनका क्षेत्रमा काम गर्ने आइ.पास नेपाल गैरसरकारी संस्थासँगको समन्वयमा ६ वटै वडाका स्वास्थ्य चौकिबाट औषधीबाट हुने सुरक्षित गर्भपनत सेवा प्रदान आईरहेको जनाएको छ । यस आर्थिक वर्षमा पालिकाले प्रत्येक वडामा ५० हजारका दरले एकिकृत घुम्ती सेवामार्फत सुरक्षित गर्भपतनलाई बलियो बनाउन निशुल्क घुम्ती शिविर सञ्चालन गरेको पालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन प्रसाद ढकालले बताए । तर पूर्वखोलामा पनि त्यस्तो सुरक्षित गर्भपतनका विषयमा आफ्नो छुट्टै कार्यक्रम नरहेको उनको भनाई छ ।

रम्भा गाउँपालिका
यस गाउँपालिका लुम्बिनी प्रदेशकै पहिलो शून्य होमडेलीभरी गाउँपालिका हो । रम्भाले ५ वटै वडमा यौन तथा प्रजनन् स्वास्थ्य समितिमार्फत महिला स्वास्थ्य स्वयमसेविकाको भरमा सुरक्षित गर्भपतन सेवाको सचेतनाको कार्यक्रमलाई प्रभावकारी बनाउन खोजेको देखिन्छ । यस पालिकाले पनि आफ्नै सुरक्षित गर्भपतनको कार्यक्रम बनाउन भने नसकेको स्वास्थ्य शाखा प्रमुख शिवप्रसाद अर्यालले बताए ।

माथागढी गाउँपालिका
जिल्लाकै ठूूलो र धेरै जनसंख्या रहेको माथागढी गाउँपालिकामा दुई वटा मात्रै सुचिकृत स्वास्थ्य संस्था छन् । झडेवा स्वास्थ्य चौकी र परिवार नियोजन संघको सहकार्यमा सञ्चालित कसेनी स्वास्थ्य क्लिनकाबाट सुरक्षित गर्भपनत सेवा दिदै आएको छ । तर यसपालिकाले पनि गर्भपतन सेवालाई प्रभावकारी बनाउने सवालमा आफ्नै छुट्टै निति कार्यक्रम बनाएको छैन् । वर्षको एक पटक सकेसम्म सबै वडामा घुम्ती सेवा मार्फत गर्भपतनलाई सुरक्षित बनाउन जनचेतनामुलक कार्यक्रम गर्दै आएको यस पालिकाका स्वास्थ्य शाखा प्रमुख केशव जिसी बताउँछन् ।

तिनाउ गाउँपालिका
तिनाउ गाउँपालिका–१ कचलस्थित कचल स्वास्थ्य चौकी र वडा नं २ दोभानको दोभान स्वास्थ्य चौकी मार्फत सुरक्षित गर्भपतन सेवा दिने गरिएको छ । भौगोलिक र सचेतनाको हिसाबले पनि पछाडी परेको यस पालिकाले ग्रामिण भेगमा हुन सक्ने असुरक्षित गर्भपतनको घटनाक्रमलाई रोक्न भए पनि गर्भपतनका विषयमा बृहत नीति र कार्यक्रममार्फत गाउँ–गाउँमा सचेना बढाउनतर्फ लाग्नुपर्ने हो तर त्यो गर्न नसकिएको स्वीकार गर्छन् पालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण कार्की ।

निस्दी गाउँपालिका
निस्दी गाउँपालिकाका अधिकांश सेवाग्राही सेवा लिन स्वास्थ्य चौकीसम्म पुग्न मात्रै कम्तीमा एकदेखि डेढ घेण्टा लाग्छ भने बढीमा तीन देखि चार घण्टासम्म लाग्छ । यस पालिका भित्र सहज स्वास्थ्य सेवा लिन । दुर्गम भएकै कारण पालिकाका सुचना, सन्देश र सचेतनाको हिसाबले पछाडी त परेकै थियो । सुरक्षित गर्भपतन सेवा लिन पनि सकस छ । निस्दीमा बाकामलाङ्ग, मित्याल, अर्चले स्वास्थ्य चौकी मात्रै सुचिकृत स्वास्थ्य स्वास्थ्य चौकि हुन् । संघीय सर्शतको कार्यक्रबाटै आमा समुह र स्वास्थ्य स्वयमसेविका मार्फत सचेनताका अलावा सुरक्षित गर्भपतनका सवालमा अन्य कार्यक्रम गर्न नसकेको स्वास्थ्य शाखा प्रमुख रेम बहादुर दिशाले बताए । सिंहदरबारमा एकिकृत अधिकार गाउँ–गाउँमा पुग्ने गरी तीन तहका सरकार कार्यन्वयन तहमा पुुगेको पनि ७ वर्ष यता आइसक्यो । तर स्थानीय सरकारले पाएको अधिकार बारे अनविज्ञता प्रकट गरेको हो वा बेवास्ता गरेको हो, त्यो अन्यौलता छ । स्थानीय सरकारले कार्यपालिका मार्फत नीति कार्यक्रम प्रस्तुत गरेर आफ्नै ऐन, नियम र कार्यविधि निर्माण गर्न सक्ने अधिकार संविधानमै उल्लेख छ तर पाल्पाका स्थानीय सरकारले स्वास्थ्य भित्रको मानव स्वास्थ्यको संवेदनशिल पक्ष सुरक्षित गर्भपतनको विषयमा आफ्नो छुट्टै नीति कार्यक्रम बनाउन चरम बेवास्ता गरेका छन् । यहाँका पालिका संघीय सरकारको आमा सुरक्षा कार्यक्रम मार्फत आउने बजेटकै भरमा सुरक्षित गर्भपनका कार्यक्रम सञ्चालन गर्न बाध्य छन् ।

तानसेन नगरपालिका, पूर्वखोला, रम्भा गाउँपालिकाले एकमुष्ट घुम्ती शिविर मार्फत सुरक्षित गर्भतनलाई समेट्ने अांशिक प्रयास गरेको देखिन्छ तर अन्य पालिकाले संघीय शर्सतकै बजेट शिर्षकको भर पर्नुपरेको छ । पछिल्लो समय बढ्दो बृहत यौनिकता शिक्षा र परिवेशका कारण किशोर अवस्थामै असुरक्षित यौन सम्पर्क हुने सम्भावना प्रवाल हुन्छ । तर सुरक्षित गर्भपतनलाई प्रभावकारी बनाउने सवालमा पालिकाले नीति कार्यक्रम र बजेट विनियोजन नगर्नुले चासो कम भएको स्पष्टै त हुन्छ नै बृहत सुरक्षित गर्भपनका विषयमा पाल्पाका पालिका ध्यान नपुगैकै हो । फलस्वरुप पालिकाले सुरक्षित गर्भपनका विषयलाई पनि त्यतिकै महत्वका साथ अघि बढाउन आवश्यक देखिन्छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update