Shittalpati
बैंकर्स संघले जेठदेखि कर्जाको ब्याजदर घटाउने

पाल्पा, नेपाल बैंकर्स संघले जेठदेखि लागू हुने गरी कर्जाको ब्याज घटाउने निर्णय गरेको छ । नेपाल बैंकर्स संघको बिहीबार बसेको बैठकमा जेठदेखि कर्जाको ब्याज घटाउने सहमति भएको हो ।

संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जेठदेखि कर्जाको ब्याज घट्ने जानकारी दिए । उनले भने, ‘कर्जाको ब्याज बिस्तारै घट्दै आइरहेको छ । जेठमा पनि घट्ने सहमति भइसकेको छ ।’ केसीले विषेशगरी २ वटा कारणले गर्दा कर्जाको ब्याज घट्ने अवस्था आएको बताए । वैशाखदेखि लागू भइसकेको निक्षेपको ब्याज घटेको कारण र स्प्रेडदर घटाउँदै लग्नुपर्ने व्यवस्थाका कारण समेत ब्याज घट्ने उनले बताए । बैंकर्स संघले वैशाखदेखि लागू हुने गरेर निक्षेपको ब्याज एकल अंकमा झारेको थियो । वैशाखदेखि व्यक्तिगत मुद्दती निक्षेपको ब्याज ९.९९ प्रतिशत र मुद्दती निक्षेपको ब्याज ७.९९ प्रतिशतमा झारेको थियो । निक्षेपको ब्याज घटेकै कारण कर्जाको ब्याजदर घट्ने भएको हो । जेठदेखि कर्जाको ब्याज घट्ने भए पनि कति घट्ने भन्ने विषयमा बैंकले सूची सार्वजनिक भने गरिसकेका छैनन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update