Shittalpati
काँग्रेस लुम्बिनी प्रदेशको प्रशिक्षण स्वर्गद्वारीमा

पाल्पा, नेपाली काँग्रेस लुम्बिनी प्रदेशको प्रदेशस्तरीय प्रशिक्षण प्यूठानको स्वर्गद्वारीमा हुने भएको छ । यही वैशाख २९ गतेदेखि हुने प्रशिक्षण कार्यक्रम स्वर्गद्वारीमा हुन लागेको हो ।

उक्त कार्यक्रमको तयारी विषयमा काँग्रेस लुम्बिनी प्रदेशले जानकारी गराउन पत्रकार सम्मेलन गरेको छ । वैशाख २९, ३० र ३१ गते हुने प्रशिक्षणको तयारी अन्तिम चरणमा पुगेको प्रशिक्षण विभागका प्रमुख तथा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट प्रशिक्षक प्रशिक्षणका लागि नेपाली काँग्रेसका प्रतिनिधिहरु स्वर्गद्वारी पुग्नेछन् । उपसभापति श्रेष्ठले नेपाली काँग्रेसलाई थप बलियो बनाउन र कार्यकर्तामा उत्साह थप्न प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा प्रशिक्षण विभागका सचिव बालकृष्ण पौडेलले कार्यक्रमको उद्देश्य बारे जानकारी गराउने काँग्रेसले अवलम्बन गर्नुपर्ने अबको बाटो र पार्टीले आगामी दिनमा खेल्नुपर्ने भुमिकाको बारेमा चर्चा गरेका थिए ।

सो प्रशिक्षण कार्यक्रमको पार्टीका केन्द्रिय उपसभापति तथा नेपाल सरकारका कानुन तथा न्यायमन्त्री धनराज गुरुङ्गले उद्घाटन गर्नेछन् ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update