घाँटीमा मासु अड्किएर एक पुरुषको मृत्यु
                        
                        
                                                
                                            
                                                                    सल्यान, घाँटीमा मासु अड्किएर यहाँ एक पुरुषको मृत्यु भएको छ । शारदा नगरपालिका वडा नम्बर १३ निवासी ६९ वर्षीय देवीलाल कामीको मृत्यु भएको हो । शनिबार राति सल्यानचौरका बालाराम कवरका घरमा झारफुक गर्न गएका उनको आईतबार बिहान ३ बजे बाख्राको मासु खाने क्रममा घाँटीमा मासु अड्की उपचारका लागि बिहान अस्पताल पुर्याउनेबित्तिकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शव परीक्षणका लागि अस्पतालमा राखिएको प्रहरीको भनाइ छ । गाउँमा झारफुक गरिसकेपछि बोक्सी भगाउने भन्दै बाख्रा काट्ने र राति नै मासु पकाएर खाने चलन छ । रासस
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

                                        
                                        
                                        
                                        
                    
                    
                    