Shittalpati
पाल्पामा थप ५ जनामा कोरोना

पाल्पा, पाल्पामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानीय तहका ५ जनामा कोरोना देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सोमबार ५ जनामा एन्टीजेन परीक्षण गर्दा ५जनामै संक्रमण पुष्टि भएको छ । तानसेन नगरपालिकाका ३ जना, बगनासकाली गाउँपालिका र रिब्दीकोट गाउँपालिकाका १ /१ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

पछिल्लो समय पाल्पामा पनि कोरोना महामारीको संक्रमण पुनः देखिन थालेको छ । चैतको पहिलो सातादेखि बढ्न थालेको कोरोना संक्रमणको ग्राफ अहिले देशभरका जिल्लामा पुगेको छ । तर उच्च सर्तकता भने अपनाइएको छैन ।

हिजोआज बजारमा जहाँतहीँको भीडभाड देख्दा लाग्छ, मानिसहरूमा कोरोनाको डर हराइसके छ । घरबाहिर निस्कँदा मास्क लगाउन धेरैले छाडिसकेका छन् । मानिसहरू त्यसै निर्धक्क भीडभाडमा निस्किरहेका छन् । दिनप्रति दिन संक्रमण बढ्दै मात्र गएको छैन कोरोनाबाट मृत्यु हुनेको संख्या समेत बढ्दै गएको छ । बेलैमा सचेत नभए यो संख्या दिनप्रति दिन बढ्न सक्नेछ । कोरोनाविरुद्धको खोप सबैले खोपको पूर्ण मात्रा तथा बुस्टर डोज लगाइसकेका छन् भनेर भनि विश्वस्त हुन सक्ने स्थिति पनि छैन् । फेरि खोप लगाउँदैमा पनि सबै सुरक्षित हुन्छ भनेर ढुक्क हुन सकिन्न । समयमै उच्च सतर्कता अपनाउनु राम्रो हुन्छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update