Shittalpati
कारोबारको पहिलो दिन नेप्से ओरालो लाग्यो

पाल्पा, शेयर कारोबारको पहिलो दिन नेप्से परिसूचक ओरालो लागेको छ । कारोबारमा बजार खुले लगत्तै उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से परिसूचक १९ दशमलब १२ अङ्कले ओरालो लागेको हो ।

नेप्सेमा गिरावट आएसँगै एक हजार आठ सय ५० दशमलब ६१ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलब १४ अङ्कले ओरालो लागेर तीन सय ५४ दशमलब ७८ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको नेप्सेले जनाएको छ । कूल २३ कम्पनीको शेयर मूल्य उकालो लाग्दा एक सय ८७ कम्पनीको भने ओरालो लागेको छ । यस्तै, आठ कम्पनीको शेयर मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । कूल २० लाख १५ हजार नौ सय ५९ कित्ता शेयर रु ६० करोड ८१ लाख ३५ हजार ९४ मूल्यमा खरिद बिक्री भए । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको तीन करोड २२ लाख ३७ हजार छ सय सात मूल्य बराबरको शेयर कारोबार भयो । यस्तै, मकर जितुमाया सुरी हाइड्रोपावर एक करोड ८९ लाख ७६ हजार एक सय तीन, नबिल बैंक एक करोड ६८ लाख २३ हजार, एनआइसी एशिया बैंक एक करोड ५४ लाख ७० हजार छ सय २३ र ङादी ग्रुप पावरको एक करोड ५३ लाख १५ हजार पाँच सय ९२ बराबरको शेयर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार एनएमबी बैंकको ऋणपत्र आठ दशमलब ८३, मकर जीतुमाया सुरी हाइड्रोपावर आठ दशमलब ३१, घलेम्दी हाइड्रोपावर पाँच दशमलब ८२, मन्दाकिनी हाइड्रोपावर पाँच दशमलब ७५ र श्वेतगङ्गा हाइड्रोपावरको शेयर मूल्य पाँच दशमलव ७१ प्रतिशतले घटेको छ । यस्तै आत्मनिर्भर लघुवित्त आठ दशमलब २२, इस्टर्न हाइड्रोपावर सात दशमलब ६१, सनराइज ब्ल्यूचिप फण्ड पाँच दशमलब ८७, राष्ट्र उत्थान लघुवित्त तीन दशमलब ७८ र बलेफी हाइड्रोपावरको शेयर मूल्य तीन दशमलव ४८ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update