Shittalpati
सिद्धार्थ राजमार्ग रातिमा बन्द, दिउँसोमा खुला

पाल्पा, सिद्धार्थ राजमार्गको दोभान–चिडियाखोला सडक खण्डमा दिउँसोमा हुँदै आएको बन्द खुला गरिएको छ भने रातीमा गरिएको बन्द यथावत् राखिएको छ । सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि रामापिथेकस पार्क नजिक डाइभर्सन निर्माणको काम भइरहेकाले चैत २१ गते दिउँसो र रातिको समयमा सिद्धार्थ राजमार्ग बन्द गरिदै आइएकोमा शुक्रबारदेखि भने रातीमा मात्र हुने भएको हो ।

रामापिथेकस पार्क नजिक सडक डाइभर्सनको काम सुुरु भएको र माथिबाट खुुकुुला ढुँगाहरु पहरोबाट झरी काम गर्न जोखिम हुने भन्दै सिद्धबाबा सुुरुङ्ग मार्ग योजना बुटवलले अर्को सूचना प्रकाशित नहुँदासम्म राती १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्दलाई यथावत् राखिएको जनाएको छ । योजनाले एक सूूचना जारी गर्दै रातीको समयमा सडक बन्द गरेर काम गर्ने र दिउँसोको समय खुला गरिएको जनाएको छ । निर्माण व्यवसायीले काममा ढिला सुस्ती गर्दा दिउँसोमा सवारी चाप अधिक रहेकाले दिउँसोमा गरिएको बन्द हटाएको बताइएको छ ।

रातीको समयमा सडक बन्द हुुँदा सो समय अवधिभर रोक्ने व्यवस्था मिलाइएको सुुरुङ्गमार्ग योजनाले जनाएको छ । उक्त समयमा पाल्पाबाट जाने सवारी साधनहरु जडिबुुटीचोक, सत्यवती जाने बाटोमा व्यवस्था मिलाइएको छ भने, बुटवलबाट आउने सवारी साधानहरु चिडियाखोला तल्तो सिद्धबाबा मन्दिरमा रोक्ने व्यवस्था गरिएको योजनाले जनाएको छ । सडक बन्द रहेको समयमा आकस्मिक रुपमा यात्रा गर्नुपर्ने र साना÷मझौला सवारी साधनका लागि दोभान– नुवाकोट खण्डको भित्री सडक प्रयोग समेत गर्न सकिने छ ।

सुरुङमार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले राजमार्गमा काममा तदारुकता नदेखाएकाले यात्रुले विरोध गर्दै आएका थिए । यसअघि पनि फागुन १३ देखि २७ गतेसम्म दैनिक आठ घण्टा सडक बन्द गरेर सुरुङमार्गको काम अगाडि बढाइएको थियो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update