पाल्पाको रैनादेवीमा गाईले धकेल्दा एक व्यक्तिको मृत्यु
                        
                        
                                                
                                            
                                                                    पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिका ६ मा गाईले धकेल्दा एक व्यक्तिको मृत्यु भएको छ । गाई चराउन गएका वडा नं ६ गोहारठानाका ५० वर्षका चन्द्रबहादुर रास्कोटीको गाईले धकेल्दा मृत्यु भएको हो ।
शुक्रबार विहान गाई चराउन नजिकैको जंगलमा गएका उनको १२ बजेको समयमा गाईले धकेल्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रास्कोटी गाईले धकेल्दा सडकदेखि १० मिटर तल खस्न पुगेका थिए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

                                        
                                        
                                        
                                        
                    
                    
                    