Shittalpati
गुल्मीका एक व्यक्ति पाल्पामा मृत भेटिए

पाल्पा,जिल्लाको तिनाउ गाउँपालिका ३ झुम्सा स्थित सडक छेउमा एक व्यक्ति मृत भेटिएका छन् । गुल्मी जिल्ला मालिका गाउँपालिकाका ३५ वर्षका ओमबहादुर पुन मृत भेटिएका हुन् । पुन झुम्सा स्थित गोरेटो बाटोको साइडमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी तिनाउ गाउँपालिका ३ अर्घाछाप स्थित एक घरमा कोठा भाडामा बस्दै आएका थिए । उनको के कति कारणले मृत्यु भएको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०७७  १९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update