Shittalpati
वैशाख १४ गतेदेखि हुन लागेको पाल्पा महोत्सव टुँडिखेलमा हुने

पाल्पा, आउँदो बैशाख १४ गतेदेखि हुन लागेको पाल्पा महोत्सव तानसेनको टुँडिखेलमा हुने निश्चित भएको छ । महोत्सव आयोजना गर्न लागेको पाल्पा उद्योग वाणिज्य संघले महोत्सवका लागि टुँडिखेलमा स्थान निश्चित गरेको हो ।

यस अघि तानसेन नगर सरकारले मेला, महोत्सव गर्न रोक लगाएपछि संघले बताँसेडाडाँ, श्रीनगर वा बाँसटारी क्षेत्र मध्ये कुुनै एक ठाउँमा गर्ने योजना बनाएको थियो । मेला महोत्सवका लागि यी स्थान उपयुक्त नहुँने र टुँडिखेल नै उपयुुक्त स्थान रहने भन्दै चौतर्फि आवाज उठेपछि अन्ततः तानसेन नगर सरकारले टुँडिखेलमा महोत्सव गर्न स्वीकृत दिएको छ । नगर सरकारले दुबो संरक्षण गर्ने गरी महोत्सवका लागि अनुमति दिएसँगै संघले महोत्सव टुँडिखेलमा गर्न निश्चित गरेको संघका अध्यक्ष शैलेन्द्र भट्टराईले बताए । रोपेको दुबोको संरक्षणका लागि वरिपरी बारबन्देज गरी टुुँडिखेलको सान्र्दय नबिग्रीने गरी महोत्व गरिने उनले बताए ।

संघले यस अघि महोत्सव मिति तय गरे पनि स्थान भने तोकेको थिएन् । तानसेनमा भएका विभिन्न स्थानहरुको संघले निरीक्षण गरेको थियो । पाल्पाली उद्योगी, व्यवसायीहरुको छाता संस्थाको रुपमा स्थापित संघले विगत लामो समयदेखि तानसेनमा मेला,महोत्सव आयोजना गर्दै आएको छ । त्यसैको निरन्तरता स्वरुप संघले यस वर्ष पनि महोत्सव गर्न लागेको हो । संघले कोभिड १९ का कारण धरासय भएको उद्योग, व्यवसाय र पर्यटन क्षेत्रलाई माथि उकास्न यस वर्षको महोत्सवले महत्वपूर्ण टेवा पुुग्ने विश्वास लिएको छ । कृषि, पर्यटन, उद्योग व्यवसायको प्रवद्र्धन गर्दै ऐतिहासिक, धार्मिक र सांस्कृतिक पहिचान हुने भएकाले आन्तरिक तथा बाह्य पर्यटक वृद्धि हुने लक्ष्य पनि संघले लिएको छ ।

महोत्सवले चौतर्फी व्यवसायमा सहयोग गर्ने संघका अध्यक्ष भट्टराईले बताए । ‘सुस्ताएको व्यवसाय माथि उठाउन महोत्सवले इँटा थप्नेछ,’ उनले भने, ‘यसले व्यवसायीबीच सहकार्य गर्नेसमेत अवसर दिन्छ ।’ कोरोना महामारीका पर्यटन क्षेत्र ज्यादै चुनौतीपूर्ण बनेका बेला पुनः यसमा सुुधार ल्याउन महोत्सवले टेवा पुुग्नेमा उनले विश्वास व्यक्त गरे । ‘अब चाहिँ घुमघाम, व्यापार–व्यवसाय गर्ने वातावरण केही सहज भएको रहेछ भन्ने प्रचार गर्न महोत्सव आयोजना गर्न लागेका हौं,’ अध्यक्ष भट्टराईले भने, ‘हामी लामो समयदेखि मेला–महोत्सव आयोजना गर्दै आएका छौं, यसले यहाँको आर्थिक अवस्था चलायमान बनाउन सहयोग पुगेको छ ।’

यस पटकको महोत्सव बैंशाख १४ देखि २४ गतेसम्म हुने छ । ‘सबैको उत्सव, पाल्पा महोत्सव’ भन्ने अभिप्रायका साथ १३ औं संस्करण आयोजना गर्न लागिएको संघले जनाएको छ । जिल्लाको आर्थिक, सामाजिक, पर्यटकीय र सांस्कृति क्षेत्रको विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको महोत्सव प्रचार–प्रसार समितिका संयोजक विदुर घिमिरेले बताए । उनले भने ‘हामीले महोत्सवका लागि आवश्यक सम्पूर्ण तयारीलाई तिव्रता दिएका छौंं ।’

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update