Shittalpati
आठ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा

पाल्पा, सरकारले ८ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ७ जिल्लाका ८ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरेको हो ।

मन्त्रालयले हरेक स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने सरकारको नीति अनुसार राजपत्रमा सूचना प्रकाशित गर्दै औद्योगिक ग्राम घोषणा गरेको थियो । राजपत्र अनुसार काभ्रेको मण्डनदेउपुर नगरपालिका, बेथानचोक गाउँपालिका, नुवाकोटाको लिखु गाउँपालिका, म्याग्दीको रघुगंगा, पाल्पाको रिब्दीकोट, गुल्मीको रुरु क्षेत्र, जुम्लाको तातोपानी र दार्चुलाको अपिहिमाल गाउँपालिकामा सरकारले औद्योगिक ग्राम घोषणा गरेको हो । सरकारले ती स्थानीय तहमा औद्योगिक क्षेत्रको सीमांकन समेत गरेको छ ।

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update