Shittalpati
एकल पुरुषलाई मासिक भत्ता

रेसुङ्गा, गुल्मीको इस्मा गाउँपालिकामा एकल पुरुषलाई भत्ता वितरण गर्न थालिएको छ । गाउँपालिकाका ६९ एकल पुरुषलाई मासिक एक हजारका दरले भत्ता वितरण गरिएको हो ।

गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममा ५५ वर्ष माथिका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेको थियो । निर्णय कार्यान्वयन गर्ने क्रममा एकल पुरुषलाई भत्ता वितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष तथा प्रवक्ता पार्वती कुँवरले जानकारी दिइन् । इस्मा–१ देखि ६ सम्मका ६९ एकल पुरुषलाई भत्ता वितरण गरिएको हो ।

एकल महिलाले राज्यबाट भत्ता पाउँदा पुरुष विभेदमा परेकाले उनीहरुलाई भत्ता दिने निर्णय गरिएको उनको भनाइ छ । गाउँपालिकाले पहिचान भएका वा सम्पर्कमा आएका ५५ वर्ष माथिका सबै एकल पुरुषलाई मासिक भत्ता उपलब्ध गराउने जनाएको छ । –रासस

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update