Shittalpati
आज सहकारी दिवस : पाल्पामा विभिन्न कार्यक्रम गरी मनाइदैं

पाल्पा, आज राष्ट्रिय सहकारी दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइदैंछ । पाल्पामा पनि ६६ औं दिवस भव्य रुपमा मनाउन लागिएको छ । यहाँका १० वटै स्थानीय तहमा विभिन्न कार्यक्रम गरी भव्य रुपमा दिवस मनाइदैं छ । स्थानीय सरकार, जिल्ला सहकारी संघ र जिल्ला बचत तथा ऋण सहकारी संघले विभिन्न सचेतनामूलक कार्यक्रम गर्दैछन् ।

यस वर्ष ‘सहकारीको दिगोपन : स्वनियमन र सुशासन’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो । नेपालमा वि.सं. २०१३ चैत्र २० गते चितवनको बखानपुर ऋण सहकारी संस्थाको स्थापना भई सहकारी आन्दोलनको सुरुवात भएको दिनलाई स्मरण गर्दै प्रत्येक वर्ष चैत्र २० गते सहकारी दिवस मनाउने गरिएको हो । स्थानीय सरकार र सम्बन्धित पालिकास्तरमा रहेका सहकारी संघ संस्थाहरुसँगको प्रभावकारी परिचालन, समन्वय र सहकार्यमा भव्य रुपमा सहकारी दिवस मनाउन लागिएको जिल्ला बचत तथा ऋण सहकारी संघ पाल्पाका अध्यक्ष जगदीश भट्टराईले बताए । उनले सहकारीको दर्ता, प्रवद्र्धन र नियमन गर्ने तीन वटा निकाय मध्ये सबैभन्दा धेरै सहकारी संस्थाहरु रहेका स्थानीय तहमा सहकारी दिवस मनाउँदा सहकारीको प्रवद्र्धन र विकासमा सहयोग पुग्ने भएकाले सबै पालिकालाई सहकारी दिवस मनाउन आÞवान समेत गरिएको बताए । तानसेन नगरपालिकाले दिवसको अवसरमा प्रभातफेरी र प्रशिक्षण तथा अन्तक्र्रिया कार्यक्रम गर्न लागेको छ । अन्य पालिकाहरुले पनि विभिन्न कार्यक्रम गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update