Shittalpati
यामाहाले ल्यायो ‘पावर अफ फाइभ’ योजना

पाल्पा, नेपालमा यामाहा मोटरसाइकल र स्कुटरको लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले आफ्ना ग्राहरुका लागि नयाँ वर्ष विशेष योजना ल्याएको छ । ग्राहकहरुको मागलाई मध्यनजर गर्दै हरेक वर्ष नयाँ–नयाँ योजना तथा उपहार ल्याउर्दै आएका यामाहाले यस पटक ‘पावर अफ फाइभ’ नामक विशेष योजना ल्याएको हो ।

उसले नयाँ वर्ष २०८० लाई लक्षित गरी आकर्षक योजना ल्याएको छ । कम्पनीले यामाहाको नयाँ बाइक वा स्कुटर किन्नुअघि नै अधिकतम ५० हजार रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने मौका योजनामा समावेश गरेको छ । ग्राहकले मोटसाइकल र स्कुटी खरिद गरेपछि फेरि वाइल्ड कार्डमार्फत एक लाखसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने मौका पाउने छन् । खरिद गरे पश्चात् पनि ३ जना भाग्यशाली विजेताहरूले आफ्नो रेफरल कोड सेयर गरी साप्ताहिक रूपमा iPhone 14 वा Apple Watch वा Apple AirPods जित्ने मौका पाउनेछन् । यो योजना R15, MT15 र Fascino मोडल बाहेक अन्य यामाहाका मोटरसाइकल र स्कुटरहरुमा मात्र लागु हुने कम्पनीले जनाएको छ ।

यामाहा नेपालले यो योजना अन्तर्गत पाँचवटा अफर ल्याएको छ । पहिलो योजना अन्तर्गत, जो कोहीले पनि घरमै बसी बसी yamahapowerof5.com मा गएर वा QR कोड स्क्यान गरेर यो योजनामा सहभागी हुन सक्नेछन् । सहभागी ग्राहकले किन्नुअघि नै अधिकतम ५० हजार रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने अवसर प्राप्त गर्नेछन् । ग्राहकले यामाहा बाइक वा स्कुटर खरिद गरेपछि वाइल्डकार्डमा सहभागी भएर १ लाखसम्मको अर्को क्यासब्याक अफर जित्न सक्ने छन् । बाइक वा स्कुटरको खरिदमा ग्राहकहरूले एक पृथक रेफरल कोड पनि प्राप्त गर्ने छन् जुन उनीहरूले iPhone 14 वाApple Watch वा Apple AirPods जित्नका लागि सकेसम्म धेरै व्यक्तिहरूलाई शेयर गर्न सक्ने छन् । यो योजनाले ग्राहकहरूलाई अधिकतम लाभहरू प्रदान गर्नेमा कम्पनीले विश्वास लिएको छ । उसले यो योजनामा हिमालय रोडिजसँग सहकार्य गरेको छ । यो यानेजनामा साप्ताहिक विजेताहरूको घोषणा हरेक हप्ता लाइभ टेलिभिजनमा लक्की ड्र मार्फत हुनेछ । यो अफर R15, MT 15 र Fascino बाहेक सबै यामाहा बाइक र स्कुटरहरूमा लागू हुनेछ भने देशका सबै आधिकारिक शोरूमहरूमा यो उपलब्ध हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update