Shittalpati
परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई अनलाईनबाट सहजीकरण

रमेश विश्वकर्मा
गुल्मी । बन्दाबन्दीका कारण विद्यार्थी विद्यालय जानआउन नसक्ने भएपछि नेपाल शिक्षक संघ जिल्ला कार्य समिति गुल्मीले अनलाईनबाटै सहजिकरण गर्ने भएको छ । एसइई र कक्षा ११, १२ को परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरी संघले अनलाइन, सामाजिक सञ्जाल, टेलिफोनबाट सहजिकरण गर्ने भएको हो ।

विद्यार्थीहरुलाई संकटपूर्ण अवस्थााको बारेमा चेतना मुलक सन्देश प्रवाह गर्न, उनीहरुको शैक्षिक गतिविधिहरुलई पुर्नजताजगिकीकरण गर्नका लागि रचनात्मक र सिर्जनात्मक काम घरमै बसेर पनि गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि संघले घर–घरमा बिद्यालय अभियानका साथ लाग्न सदस्यहरुलाई आग्रह गरेको संघका जिल्ला अध्यक्ष प्रेम नारायण भण्डारीले बताए । कोभिड १९ कोरोना भाइरसको बढ्दो प्रकोपका कारण केही समय स्थगित भएको एसइई तथा कक्षा ११/१२ को परीक्षाको तयारीमा जुटिरहेका प्रशिक्षार्थीहरुका लागि संघले जिल्लाका १२ वटै स्थानीयतहरुमा विषयगत विज्ञ शिक्षकहरुको समूह बनाई सामाजिक सञ्जाल, अनलाईन, टेलिफोनबाट विद्यार्थीलाई परेका समस्याहरुको सहजिकरण गर्ने जनाएको छ ।

जिल्लाका सबै स्थानीयतहरुलाई विषय विज्ञ शिक्षकहरुको समुह बनाउन सहजीकरण गरिएको छ अध्यक्ष भण्डारीले भने,’यो समयमा विद्यार्थीहरुले आफुलाई अध्ययनका क्रममा परेको समस्यालाई विषयगत शिक्षकहरुलाई सम्पर्क गरी जानकारी दिए समस्या समाधान हुनेछ ।’ कक्षा १ देखि ९ सम्मका विद्यार्थिहरुलाई सम्पूर्ण कक्षा शिक्षकहरुबाट विद्यार्थीहरुका लागि सुचना तथा सिर्जनात्मक कार्यका लागि समेत संघले अनुरोध गरेको छ । एसइई दिने विद्यार्थीहरुका लागि विषयगत सहजिकरण गर्ने व्यवस्था सम्वन्धित पालिकाहरुमा विषयविज्ञ रोष्टरहरुको समूह बनाएर अनलाईन तथा हटलाईनद्वारा व्यवस्था मिलाईएको अध्यक्ष भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, चैत २९, २०७६  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update