Shittalpati
बावु हत्याको आरोपमा छोरा पक्राउ

गुल्मी । बाबुको हत्याको आरोपमा छोरा पक्राउ परेका छन् । जिल्लाको ईस्मा गाउँपालिका वडा नम्बर–२ पालुखा निवासी ४६ वर्षिय टेकबहादुर कुमालको हत्या गरेको आरोपमा २९ वर्षिय छोरा अर्जुन कुमाललाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो ।

हत्याको आरोपमा पक्राउ परेका छोरा सुस्त मनस्थितीको रहेको प्रहरी निरिक्षक चुरामणी पुनले जानकारी दिए । विहिबार राती श्रीमान श्रीमती बीच भएको झगडामा छोराको कुटाइबाट मृत्यु भएको भन्दै हत्या आरोपमा पक्राउ गरिएको प्रहरी निरिक्षक पुनले बताए । घर बनाउने विषयमा झगडा भएको प्रहरीले जनाएको छ । शबको पोष्टमार्टम रिर्पोटबाट थप खुल्ने प्रहरी निरीक्षक पुनले बताए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

प्रकाशित मिति: शनिबार, चैत २९, २०७६  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update