Shittalpati
बाढीले बगाउँदा युवा बेपत्ता, दर्जनौँ पशुचौपाया बगायो
बाढीले बगाउँदा युवा बेपत्ता, दर्जनौँ पशुचौपाया बगायो ,बागलुङको ताराखोलामा वर्षापछि आएको बाढीले बगाउँदा एक युवा बेपत्ता भएका छन् । मंगबार साँझदेखि निरन्तर परेको वर्षासँगै आएको हिलो लेदोसहितको बाढीले ताराखोला गाउँपालिका–१ हिल घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्कीलाई बगाएको हो ।
मनसुनी वायुको प्रभाव : अझै तीन दिन वर्षा
मनसुनी वायुको प्रभाव : अझै तीन दिन वर्षा मनसुनी वायुको प्रभावले हाल मुलुकका विभिन्न स्थानमा बदली र वर्षा भइरहेको छ । हाल प्रदेश नं २ र वाग्मतीमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा १, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
महिलामा पार्टी पदाधिकारीमा प्रतिस्पर्धा गर्ने आँट हुनुपर्छ : नेता सिटौला
महिलामा पार्टी पदाधिकारीमा प्रतिस्पर्धा गर्ने आँट हुनुपर्छ : नेता सिटौला नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले महिलामा काँग्रेसको पदाधिकारीमा प्रतिस्पर्धा गर्ने आँट हुनुपर्ने बताएका छन् ।
७७ जिल्लामा गृहको परिपत्र : आर्थिक गतिविधि अगाडि बढ्नेगरी पूर्वतयारीमा लाग्न निर्देशन
७७ जिल्लामा गृहको परिपत्र : आर्थिक गतिविधि अगाडि बढ्नेगरी पूर्वतयारीमा लाग्न निर्देशन गृह मन्त्रालयले कोभिड–१९ का कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ ।
बस र भ्यान ठोक्किदा १७ मजदुरको मृत्यु
बस र भ्यान ठोक्किदा १७ मजदुरको मृत्यु भारतको उत्तर प्रदेशमा मजदुरहरु चढेको एउटा बसले सामान ढुवानी गर्ने भ्यानलाई मंगलबार राति कानपुर नजिक ठक्कर दिँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । निकै भयानक उक्त दुर्घटनामा परेर अरु १८ जना घाइते भएको प्रहरीले जनाएको छ ।
विश्वकप फुटबल छनोट : चाइनिज ताइपेईविरुद्ध नेपालको जित
विश्वकप फुटबल छनोट : चाइनिज ताइपेईविरुद्ध नेपालको जित चाइनिज ताइपेईविरुद्धको खेलमा नेपाल विजयी भएको छ । कुवेतको जाबेर अल अहमद मैदानमा बिहीबार राति भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० गोलअन्तरले पराजित गरेको हो ।
नेपालमा पनि कालो ढुसीका बिरामी
नेपालमा पनि कालो ढुसीका बिरामी नेपालमा पनि कालो ढुसी (ब्ल्याक फङ्गस)का बिरामी भेटिएका छन् । नेपालमा अहिलेसम्म १० जनामा कालो ढुसीका बिरामी पुष्टि भएको जनाइएको छ ।
१२ हजार भित्रिए, २३ हजार बाहिरिए
१२ हजार भित्रिए, २३ हजार बाहिरिए गत मे महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालय हुँदै १२ हजार नागरिक नेपाल भित्रिएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको मे महिनाको तथ्याङ्कअनुसार १२ हजार ४ सय जना नेपाल भित्रिएका हुन् ।
विवेकशील साझा पार्टीका नेता थापाको निधन
विवेकशील साझा पार्टीका नेता थापाको निधन विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ । कोरोना संक्रणका कारण ललितपुुको मेडिसिटी अस्पतालमा उपचाररत ४४ वर्षीय नेता थापाको अन्तिम परीक्षणमा रिपोर्ट नेगेटिभ आए पनि मंगलबार अपरान्ह ४.२५ मा निधन भएको हो ।
लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन जेठ १९ मा
लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन जेठ १९ मा लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले यही जेठ १९ गते बुधबार दिउँसो एक बजे प्रदेशसभा बैठक आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।
सबै नागरिकलाई खोपको प्रबन्ध गर्छाै : प्रधानमन्त्री
सबै नागरिकलाई खोपको प्रबन्ध गर्छाै : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध सबै नागरिकलाई खोप लगाइने र महामारीलाई नियन्त्रण गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै पहिलो डोज लगाएर दोस्रो डोज लगाउन प्रतीक्षारत र अन्य सबैलाई खोपको प्रबन्ध गरिने बताएका हुन् ।
आमाको मृत्यु र बुवाले अर्को बिहे गरेपछि बालबच्चाको बिच्चली
आमाको मृत्यु र बुवाले अर्को बिहे गरेपछि बालबच्चाको बिच्चली बडिमालिका नगरपालिका–२ माझीगाउँमा नाबालक चार भाइबहिनी अलपत्र परेका छन् । आमाको मृत्यु र बुवाले अर्को बिहे गरेर भारत गएपछि चार भाइबहिनी अलपत्र रहेको वडाध्यक्ष डम्मर महतले बताए ।
Weather Update