Shittalpati
कृषिको व्यावसायिकरणमा जोड दिँदै प्रदेश र स्थानीय सरकार
कृषिको व्यावसायिकरणमा जोड दिँदै प्रदेश र स्थानीय सरकार खस्यौली । कृषिको व्यावसायीकरणका लागि कार्यक्रम तय गर्दै प्रदेश सरकारको बजेट केन्द्रित गरिएको छ । कृषिको व्यावसायीकरणका लागि स्मार्ट कृषि कार्यक्रम, करिडोर विशेष कार्यक्रम, पकेट क्षेत्र विशेष कार्यक्रम, विदेशबाट आएका युवालाई स्वरोजगार लगायत कार्यक्रम रहेको र त्यसका लागि भूमि व्यवस्था, कृषि तथा सहकारीतर्फ चार अर्ब ८६ करोड ३५ लाख विनियोजन...
खम्बा ढल्दा तीन दिनदेखि अन्धकार
खम्बा ढल्दा तीन दिनदेखि अन्धकार अविरल वर्षाका कारण खसेको पहिराले खम्बा ढल्दा जिल्लाका अधिकांश बस्तीमा तीन दिनदेखि अन्धकार भएको छ । अविरल वर्षा हुँदा खसेको पहिराले बिजुलीको खम्बा ढलेपछि विद्युत सेवा अवरुद्ध भएको हो । रिब्दीकोट गाउँपालिका ७ बतासेमा पहिराले एउटा विद्युतको खम्बा बगाएको र अन्य सात ढलेपछि सो क्षेत्र तीनदेखि अन्धकार बनेको छ ।...
पाल्पाको रम्भामा खोलाले बगाउँदा एक महिलाको मृत्यु
पाल्पाको रम्भामा खोलाले बगाउँदा एक महिलाको मृत्यु जिल्लाको रम्भा गाउँपालिका १ हुँगीमा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । आईतबार राती परेको अविरल वर्षका कारण एक्कासी बढेर आएको झिर्दी खोलाले बगाउँदा खोलाखेतकी ७० वर्षकी मनकुमारी सारुको मृत्यु भएको वडा अध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए ।
बाढी पहिरोको कहर
बाढी पहिरोको कहर केही दिनदेखि परेको अविरल वर्षाले देशैभर बाढीपहिरोको कहर छाएको छ । नेपालमा मनसुन भित्रिएसँगै मौसमी गतिविधि बढ्न थालेको छ । बाढी पहिरोका कारण विशेष गरी तराई र पहाडी जिल्लाहरु बढी प्रभावित भएका छन् । शुक्रबार राति आएको अविरल वर्षाका कारण पाल्पा र गुल्मीमा पनि ठूलो क्षति पुगेको छ । पाल्पामा...
विमलालाई पीडा माथि पीडा, न बास न गाँस
विमलालाई पीडा माथि पीडा, न बास न गाँस जिल्लाको रेसुङ्गा नगरपालिका १० सिमीचौरकी ३२ वर्षीया विमला कुँवरले यति बेला पीडा माथि पीडा खेप्नु परेको छ । एक वर्ष अघि प्रशस्त धन कमाउला र आफ्नो परिवारलाई सुखसयलमा राखौं, छोराछोरीको पठन–पाठन र लालनपालन गरौला भनी सुनौलो सपना बोकेर विदेशिएका श्रीमान बेपत्ता हुँदा विमला अहिले पीडामा छिन् । परिवारको साहरा बनेका...
पाल्पाको रामपुरमा गोरु काटेर खाएको आरोपमा ३ जना पक्राउ
पाल्पाको रामपुरमा गोरु काटेर खाएको आरोपमा ३ जना पक्राउ जिल्लाको रामपुर १० वरभञ्ज्याङ्गबाट गोरु काटेर खाएको आरोपमा ३ जना पुरुष पक्राउ परेका छन् । सोही स्थानका वीरबहादुर सुनारको गोठमा बाँधेको गोरु काटेर खाएको आरोपमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत जेठ ५ गते शुक्रबार राती साढे ११ बजे गोठमा बाँधेर राखेको गोरु नजिकैको सालघारीको जंगलमा लगेर काटेको आरोपमा...
बन्दाबन्दीका कारण प्रभावित बेथल स्कुलका विद्यार्थीलाई अनलाइनबाटै शिक्षण
बन्दाबन्दीका कारण प्रभावित बेथल स्कुलका विद्यार्थीलाई अनलाइनबाटै शिक्षण लामो समयदेखिको लकडाउनका कारण प्रभावित बनेका विद्यार्थीहरुलाई लक्षित गरी जिल्लाको निजी विद्यालय बेथल बोर्डिङ स्कुल तानसेनले अनलाइन कक्षा सञ्चालन गर्दै आएको छ । स्कुलले एसइई परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुका लागि सुरु गरेको जुम अनलाइन शिक्षण क्रमशःकक्षा तीन देखी दशसम्म सञ्चालन गर्दै आएको हो । स्कुलले कक्षा पूर्व प्राथमिक तहदेखी कक्षा५...
लकडाउनमा फोन परामर्श गर्दै बेस नेपाल
लकडाउनमा फोन परामर्श गर्दै बेस नेपाल नवलपरासी (पूर्व) तथा नवलपरासी (पश्चिम) जिल्ललामा कार्यरत बनाएको सामाजिक संस्था बेस नेपालले कोभिड १९ लाई लक्षित गर्दै बन्दाबन्दी सुरु भएदेखि असार १ गते सम्ममा आफ्ना फिल्ड कर्मचारीहरु मार्फत पाल्पा जिल्लाका २८ हजार ९ सय १५ घरधुरीमा फोन सम्पर्क गरी हजार दिनका आमा तथा कोभिड १९ बाट प्रभावित परिवारलाई परामर्श सेवा...
गुल्मीमा थप ५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ सय ७९ पुग्यो
गुल्मीमा थप ५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ सय ७९ पुग्यो जिल्लामा आइतबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ७९ पुगेको स्वास्थ कार्यालयका प्रमुख डा. भवानीप्रसाद शर्माले जानकारी दिए ।
गुल्मीको एक सुत्केरी महिलालाई कोरोना
गुल्मीको एक सुत्केरी महिलालाई कोरोना गुल्मीको एक सुत्केरी महिलामा कोरोना पुष्टि भएको छ । पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा सुत्केरी भएकी गुल्मी दरबार गाउँपालिकाकी २१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पाल्पाका स्थानीय तहले वैकल्पिक तथा प्रविधि सहितको शिक्षालाई प्राथमिकता दिने
पाल्पाका स्थानीय तहले वैकल्पिक तथा प्रविधि सहितको शिक्षालाई प्राथमिकता दिने पाल्पाका स्थानीय तहका प्रमुखहरुले स्वास्थ्यसंगै वैकल्पिक तथा प्रविधि सहितको शिक्षालाई प्राथमिकतामा राखेर आगामी बजेट ल्याउने तयारी गरेको बताएका छन् । विश्व महामारीको रुप लिएको कोरोना भाईरसका कारण स्वास्थ्य प्राथमिकतामा रहने र बालबालिकाको रोकिएका सिकाई सुचारु गर्नका लागि शिक्षामा पनि स्थानिय तहले ध्यान दिने बताएका हुन् ।
Weather Update