नवजनचेतना राष्ट्रिय दैनिक २०७७ असार १६ गते मंगलबार
मंगलबार, असार १६, २०७७
तम्घासमा औषधिको अनुगमन
सोमबार, असार १५, २०७७
जिल्लाको सदरमुकाम तम्घासमा आयुर्वेदिक औषधि पसलहरुको अनुगमन गरिएको छ । गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रले जिल्ला प्रशासन कार्यालय, रेसुङ्गा नगरपालिका, सुरक्षा निकाय, पत्रकारहरुको रोहवरमा सदरमुकाम तम्घासमा रहेका चार वटा आयुर्वेदिक औषधि पसल तथा एक वटा होमियोप्याथिक पसलको अनुगमन गरेको हो । अनुगमनका क्रममा दुई वटा आयुर्वेदिक औषधि पसल बन्द भेटिएको थियो...
छतबाट खसेर बालकको मृत्यु
सोमबार, असार १५, २०७७
आफ्नै घरको छतबाट खसी बालकको मृत्यु भएको छ । सोमबार विहान रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका १ शिवलहवा बस्ने ओम प्रकाश यादवको छोरा ४ वर्षका बालकको छतबाट खसेर मृत्यु भएको हो ।
गुल्मीमा थप ३७ जनामा कोरोना पुष्टि
सोमबार, असार १५, २०७७
जिल्लामा सोमबार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा संक्रमितको संख्या तीन सय २४ पुगेको स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन गोपाल बहादुर कार्कीले जानकारी दिए ।
गण्डकीढीकमा सामुदायिक स्वास्थ्य ईकाइ केन्द्र
सोमबार, असार १५, २०७७
रामपुर नगरपालिका ३ गण्डकीढीकमा सामुदायिक स्वास्थ्य ईकाइ केन्द्र सञ्चालनमा आएको छ । नवदुर्गा आमा समूहको भवन मार्फत सामुदायिक स्वास्थ्य ईकाइ केन्द्रले सेवा दिन सुरु गरेको हो । रामपुर ३ को तल्लो भेग गण्डकीढीक, बोटेगाउँ टोलका स्थानीयहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न रामपुर नगरपालिकाले सोमबारदेखि सामुदायिक स्वास्थ्य ईकाइ केन्द्र सञ्चालनमा ल्याएको हो...
सलह किरा मार्नेलाई किलोको एक सय
सोमबार, असार १५, २०७७
भारत हुँदै नेपाल पसेको सलह किरा स्याङ्जामा पनि देखा परेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकामा यो किरा देखिएपछि किसान चिन्तित बनेका छन् । गाउँपालिका विभिन्न ठाउँमा सलह देखिएपछि गाउँपालिकाले सलह किरा मार्नेलाई प्रतिकिलो रु १०० दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए । अध्यक्ष थापाले किसानले लगाएको अन्नबाली जोगाउन...
तानसेनमा उजिरसिंह उद्यान निर्माण हुँदै
सोमबार, असार १५, २०७७
तानसेन नगरपालिका–६, सतनचुलीमा उजिरसिंह उद्यान स्थापना हुने भएको छ । सो पार्कको सोमबार शिलान्यास गरिएको छ । नेपाल अंग्रेजबीच नुवाकोट जीतगढीमा भएको युद्धमा नेपाललाई विजय दिलाउने युद्धनायक कर्णेल उजिरसिंह थापाका नाममा सतनचुलीमा उद्यान बन्न लागेको हो । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पाल्पा २ का सांसद सोमप्रसाद पाण्डेयको ५० लाख...
प्रदेश सभा स्थगित
सोमबार, असार १५, २०७७
प्रदेश पाँचको प्रदेशसभा सोमबार एक घण्टाका लागि स्थगन भएको छ । विपक्षी दल नेपाली कांग्रेसले सभामुख पूर्णबहादुर घर्तीले परामर्श समितिको बैठकमा छलफल नगरी कार्यसूची बनाएको आरोप लगाएपछि बैठक स्थगन भएको हो । विपक्षी दल कांग्रेसका प्रदेशसभा सदस्य फकरुद्धिन खाँनले भने ‘हामी अझै निरन्तर छलफलमा छौ।’ सभामुख घर्तीले कार्यसूचीमा प्राविधिक त्रुटि...
विद्यालयबाट क्वारेन्टाइन तत्काल हटाउन शिक्षकहरुको माग
सोमबार, असार १५, २०७७
जिल्लामा निर्माण भएका अधिकांश क्वारेन्टाइनहरु विद्यालयमा राखिएको छ । कोरोनाका कारण भारत लगायत तेस्रो मुलुकबाट आएका नागरिकहरुलाई राख्नका लागि विद्यालयमा क्वारेन्टाइन निर्माण गरिएको हो । वर्तमान परिस्थिती कहिलेसम्म रहने हो भन्ने निक्यौल नभएपछि विद्यालयमा आवश्यक सुरक्षाका उपायहरु अपनाई शिक्षण सिकाई गर्नु आवश्यक रहेकाले जिल्लाका शिक्षकहरुले तत्काल विद्यालयमा निर्माण गरिएका क्वारेन्टाइन...
प्रदेश पाँचमा ४७ प्रतिशत रोपाइँ
सोमबार, असार १५, २०७७
प्रदेश नं ५ मा यस वर्ष ४७ दशमलव ०५ प्रतिशत रोपाइँ गरिएको छ । कृषि विकास निर्देशनालयका अनुसार समयमै वर्षा भएका कारण यस वर्ष प्रदेशका सबै जिल्लामा धमाधम रोपाइँ भइरहेको छ । यस वर्ष सबैभन्दा धेरै नवलपरासीमा ८४ दशमलव ०६ प्रतिशत र सबैभन्दा कम गुल्मीमा १९ दशमलव ६१ प्रतिशत रोपाइँ...
विज्ञ भन्दछन् –सलहको संख्या वृद्धि हुने सम्भावना न्यून
सोमबार, असार १५, २०७७
अण्डा पार्ने र बच्चा हुर्काउन आवश्यक वातावरण नभएका कारण नेपाल प्रवेश गरेका सलह कीराको संख्या वृद्धि हुने सम्भावना न्यून रहेको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयका किट विज्ञान विभागकका प्रमुख प्राडा सुन्दर तिवारीका अनुसार सो प्रजातिका कीरालाई अण्डा पार्न वालुवाले ढाकेको ठूलो क्षेत्र र गर्मी मौसम आवश्यक पर्दछ उनले...
धान दिवसको सार्थकता
सोमबार, असार १५, २०७७
आज देशभर राष्ट्रिय धान दिवस मनाउन लागिएको छ । हरेक वर्ष असार १५ गते यो दिवस मनाउने गरिन्छ । नेपाल सरकारले विसं २०६१ सालदेखि प्रत्येक वर्षको असार १५ लाई ‘धान दिवस’ मनाउने निर्णय गरेको थियो । सोही वर्षदेखि नेपालमा औपचारिक रुपमा धान दिवस मनाइँदै आइएको हो । नेपालमा कूल खेतीयोग्य...
राष्ट्रिय क्रिकेट टोली इंग्ल्याण्ड प्रस्थान
सोमबार, असार १५, २०७७
पाकिस्तानको राष्ट्रिय क्रिकेट टोली इंग्ल्याण्ड प्रस्थान गरेको छ । कोरोना भाइरसको महामारीकै बीच इंग्ल्याण्डसँग क्रिकेट श्रृंखला खेल्नका लागि पाकिस्तानी टोली त्यसतर्फ गएको हो । इंग्ल्याण्ड पुगेपछि पाकिस्तानी टोली आइतबारदेखि १४ दिन आइसोलेशनमा बस्ने छ ।


