Shittalpati
रुपन्देहीमा दुई संक्रमितको मृत्यु
रुपन्देहीमा दुई संक्रमितको मृत्यु रुपन्देहीमा कोरोना संक्रमित दुई जनाको बुधबार बिहान मृत्यु भएको छ । कोरोना भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला र तिलोत्तमा नगरपालिका–२ मणिग्रामका पुरुषको मृत्यु भएको छ ।
‘खेलाडीको पीडालाई सही ठाउँमा राख्छु’
‘खेलाडीको पीडालाई सही ठाउँमा राख्छु’ राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त बोर्ड सदस्य हरि खड्काले आफू पनि खेलाडी भएकाले खेलाडीको पीडा राम्रोसँग बुझेको बताएका छन् । ‘म पनि विशुद्ध खेलाडी पृष्ठभूमिबाट आएको हुँ ।
एनसेलले नारीका लागि ल्यायो विशेष ‘गो सिमः अघि बढौं’
एनसेलले नारीका लागि ल्यायो विशेष ‘गो सिमः अघि बढौं’ एनसेल आजियाटा लिमिटेडले महिलाहरुका लागि ‘अघि बढौं’ भन्ने थिममा आकर्षक सुविधाहरुका साथ ‘गो सिम’ ल्याएको छ । आकर्षक बन्डल सेवाहरु, हरेक रिचार्जमा बोनस, आपतकालिन अवस्थाका बेला पछि शुल्क तिर्ने गरी टक टाइम र एमएमएस सेवा लिन पाइने, निश्चित नम्बरहरुमा निःशुल्क कल सेवा लगायत थुप्रै सुविधाहरु भएको यो सिम महिलाहरुका लागिमात्र...
भड्किलो नहोस् दसैँ
भड्किलो नहोस् दसैँ हिन्दूहरुको महान्पर्व वडा दसैँ प्रत्येक नेपालीको घर दैलोमा आएको छ । यो पर्व भड्किलो नहोस् भन्ने तर्फ पनि सबैको ध्यान जानु आजको आवश्यकता हो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयले आङ्गिक क्याम्पस थप गर्ने
लुम्बिनी बौद्ध विश्वविद्यालयले आङ्गिक क्याम्पस थप गर्ने लुम्बिनी बौद्ध विश्वविद्यालयले आङ्गिक क्याम्पस थप गर्ने भएको छ । पहिलो चरणमा बुटवलमा लुविवि सिटी क्याम्पसका रुपमा आङ्गिक क्याम्पस थप गरिने भएको हो ।
पछिल्लो समयमा देशभर २ हजार १ सय ८ संक्रमित निको
पछिल्लो समयमा देशभर २ हजार १ सय ८ संक्रमित निको पछिल्लो २४ घण्टामा देशभर २ हजार १ सय ८ जना निको भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार मंगलबार देशभर २ हजार १ सय ८ जना निको भएर डिस्चार्ज भएका हुन् । देशभर डिस्चार्ज हुनेको संख्या ९६ हजार ६ सय नौं पुगेको छ ।
राष्ट्रियस्तरको निबन्ध प्रतियोगितामा महेन्द्र नमूना माविका छात्र द्वितीय
राष्ट्रियस्तरको निबन्ध प्रतियोगितामा महेन्द्र नमूना माविका छात्र द्वितीय गुल्मी जिल्लाको महेन्द्र नमूना माध्यमिक विद्यालयका छात्र राष्ट्रियस्तरको निबन्ध प्रतियोगितामा द्वितीय भएका छन् । विश्व मुटु दिवस–२०२० को अवसरमा नेपाल हृदय रोग निवारण प्रतिष्ठानको आयोजनामा भएको निबन्ध प्रतियोगितामा लुम्बिनी प्रदेशमै उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा रहेको यस विद्यालयका छात्र सन्देश पौडेल द्वितीय भएका हुन् ।
लक्षित वर्गलाई मात्र कोभिड–१९ को निःशुल्क उपचार
लक्षित वर्गलाई मात्र कोभिड–१९ को निःशुल्क उपचार सरकारले अब सबै मानिसलाई कोभिड–१९ को उपचार नगरी लक्षित वर्गलाई मात्र निःशुल्क परीक्षणको व्यवस्था गरेको छ । मन्त्रिपरिषद् बैठकले कोभिड–१९ को निश्चित लक्षित वर्गलाई मात्र निःशुल्क परीक्षण र उपचार खर्च गराउने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
दसैँमा बैंक नखुल्ने
दसैँमा बैंक नखुल्ने कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै बैंकहरुले दसैँ विदामा आफ्ना शाखाहरु नखोल्ने भएका छन् । गत वर्ष बडादसैँका विदामा समेत सीमित बैंकका काउन्टर खोलेर सेवा प्रवाह गरेका बैंकले यस वर्ष कुनै पनि बैंक नखोल्ने निर्णय गरेका हुन् ।
बुटवलमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु
बुटवलमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु रुपन्देहीमा थप एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नंं ११ की ४१ वर्षीया महिलाको कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा बिहान मृत्यु भएको हो ।
मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको समीक्षा
मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको समीक्षा जिल्लाको माथागढी गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको वार्षिक समीक्षा गरिएको छ । आर्थिक वर्ष २०७६/०७७ मा सञ्चालन गरिएको कार्यक्रमको एक कार्यक्रमका बिच समीक्षा गरिएको हो ।
Weather Update