सरकारी स्वास्थ्यकर्मीको ‘क्लिनिक मोह’ रोक्न लुम्बिनी सरकारको एक्सन
मंगलबार, साउन २९, २०८१

बढ्दो डेंगी संक्रमणप्रति सचेत हौं
मंगलबार, साउन २९, २०८१
पाल्पालगायत देशैभर डेंगी संक्रमण बढ्दो छ । घाम लाग्ने र पानी पर्ने भइरहेकाले यसको संक्रमण दिनहुँ बढ्दै गएको छ । पाल्पामा जनावरी १ यता एक सय १५ जनामा डेंगी संक्रमण देखिएको छ । यो संख्या अझ बढ्न सक्ने अनुमान गर्न सकिन्छ । बढ्दो संक्रमणले आमजनतामा अत्यास निम्त्याएको छ ।

पाल्पामा हाइस दुर्घटना हुँदा ७ जना घाइते
सोमबार, साउन २८, २०८१
पाल्पामा हाइस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । जिल्लाको तिनाउ गाउँपालिका –५ जोरधारास्थित सिद्दार्थ राजमार्गमा बुटवलदेखि पोखरातर्फ आउँदै गरेको ग २ ख १२२५ नम्बरको हाइस सोमबार दुर्घटना हुँदा गाडीमा सवार ८ जना मध्ये ७ जना घाइते भएका हुन् ।

विषालु च्याउ खाँदा एकै परिवारका आठ जना बिरामी
सोमबार, साउन २८, २०८१
जिल्लामा विषालु जंगली च्याउ खाँदा एकैघरका आठ जना बिरामी परेका छन् ।

आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
सोमबार, साउन २८, २०८१
आज नेपालसहित विश्वभर ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाइँदै छ । युवासँग सम्बन्धित विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । युवाका मुद्दा र सवाललाई सम्बोधन गर्ने उद्देश्यले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ तारिखलाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने गरिन्छ ।

श्री ७ सिद्धि विनायक सहयोग समितिमा नयाँ नेतृत्व
आइतबार, साउन २७, २०८१
श्री ७ सिद्धि विनायक सहयोग समितिमा नयाँ नेतृत्व चयन भएको छ । तानसेनमा बसेको समितिको बैंठकले आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।

काँग्रेस नेता सिवाकोटीले भने ‘काँग्रेस–एमाले सरकारले नागरिकमा व्याप्त निराशा तोड्न सकेन भने आशाको सञ्चार कस्ले गर्ने ?’
आइतबार, साउन २७, २०८१
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता अजयबाबु शिवाकोटीले काँग्रेस– एमाले सरकारले नागरिकमा व्याप्त निराशा तोड्नुपर्ने बताएका छन् । काँग्रेसको जारी केन्द्रीय कार्यसमिमित बैठकको चौथो दिन आइतबार सम्बोधन गर्दै उनले नागरिकमा आशा सञ्चार गर्नुपर्ने बेलामा निराश बनाउने छुट अहिलेको सरकारलाई नभएको भन्दै आशाको सञ्चार गराउनुपर्ने बताएका हुन् ।

बैंकको नाफा ६४ अर्ब १५ करोड
आइतबार, साउन २७, २०८१
वाणिज्य बैंकहरूले एक आर्थिबक वर्षमा ६४ अर्ब १५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो आर्थिक वर्ष ०८०/८१ मा २० वटा वाणिज्य बैंकले कमाएको खुद नाफा हो ।

गोरुले किच्दा गुल्मीकी एक महिलाको बुटवलमा मृत्यु
शनिबार, साउन २६, २०८१
गोरुले किच्दा गुल्मीकी एक महिलाको बुटवलमा मृत्यु भएको छ । बुटवलस्थित सडकमाजुँधिरहेका गोरुको बीचमा परेर घाइते भएकी गुल्मीको रेसुंगा नगरपालिका–४ अर्खले घर भई हाल बुटवल–३ गोलपार्क बस्ने ४५ वर्षीया सीता पाण्डेको मृत्यु भएको हो ।