मेरो प्यारो भाई
आइतबार, असोज ६, २०८१
आनन्द सहकारीले मनायो १४ औं साधारण सभा
शनिबार, असोज ५, २०८१
‘क्रमिक बचत गर्ने बानी बसालौं, बोट नमासी मिठो फल खाऔं’ भन्ने नारालाई आत्मसाथ गर्दै समृद्धिको दिशामा अब्वल बन्दै आएको आनन्द बचत तथा ऋण सहकारी संस्था तानसेनले १४ औं वार्षिक साधारण सभा मनाएको छ । सहकारीले शनिबार तानसेनमा एक कार्यक्रमकाबिच साधारण सभा गरेको हो ।
लक्ष्मी सहकारीको २२ औं साधारण सभा
शनिबार, असोज ५, २०८१
जिल्लाको सदरमुकाम तानसेनमा २०५९ सालमा स्थापना भएको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले २२ औं बार्षिक साधारण सभा तथा ८ औं अधिवेशन मनाएको छ । सहकारीले शनिबार एक समारोहका बिच साधारण सभा तथा अधिवेशन गरेको हो ।
नेपाल शान्ति क्षेत्र हुनुपर्छ : प्रचण्ड
शनिबार, असोज ५, २०८१
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको बताएका छन् । शुक्रबार बिहान जनस्तरबाट गठित शान्ति क्षेत्र अभियानको ज्ञापनपत्र बुझ्दै उनले नेपाललाई टकरावयुक्त बन्दै गएको विश्व राजनीतिको चपेटाबाट जोगाउँदै राष्ट्रिय स्वाधीनता कायम गर्न यो प्रस्ताव अघि बढाउने बेला आएको बताए ।
विश्व शान्ति दिवसः विविध कार्यक्रम गरी मनाइँदै
शनिबार, असोज ५, २०८१
आज विश्व शान्ति दिवस । ‘शान्तिप्रति हाम्रो कदम र महत्वाकांक्षा’ भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।
चाडपर्वमा इसेवाबाट कारोबार गर्दा नयाँ कार जित्ने अवसर
शुक्रबार, असोज ४, २०८१
भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले चाडपर्व लक्षित अफर सार्वजनिक गरेको छ । कम्पनीले दशैं, तिहार र छठ पर्व लक्षित ‘इसेवा महा–उत्सव : इसेवाको कारोबारमा नामीको दामी कार’ नाम गरेको अफर सार्वजनिक गरेको छ ।
पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित
शुक्रबार, असोज ४, २०८१
नेपाल पत्रकार महासंघको निर्वाचन कार्यक्रम स्थगित भएको छ । केन्द्रीय निर्वाचन समितिले शुक्रबार सूचना जारी गरी अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी दिएको हो ।
तानसेनको पर्यटन र पहल
बिहीबार, असोज ३, २०८१
सेन वशिय राजाहरुले आफ्नो राज्य सञ्चालनका क्रममा पाल्पा राज्यलाई निकै सवल र समृद्ध बनाएको पाइन्छ । पाल्पाको रिब्दीकोट पहिलो राजधानी बनाएका सेन राजाहरु केही वर्ष पश्चात तानसेनको श्रीनगरमा शहर बसाएको बताइन्छ । नेपाल एकिकरणका दौरान सम्ममा पाल्पा राज्य निकै बृहत र विस्तारित थियो ।
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
बिहीबार, असोज ३, २०८१
दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा दुुई जनाको ज्यान गएको छ । घोराही–लमही सडकखण्ड अन्तर्गत लमही नगरपालिका–६ बेलदमारमा विहीबार विहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।


