‘निर्माण व्यवसायीले जिम्मेवारी पूरा नगर्दा समस्या’
आइतबार, भदौ ९, २०८१

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
आइतबार, भदौ ९, २०८१
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज परिसूचक ७९ दशमलव ८८ अङ्कले घटेर दुई हजार आठ सय ९४ दशमलव ५७ को विन्दुमा कायम भएको हो ।

‘लगानीको वातावरण सिर्जना गर्न प्रदेश सरकार तयार’
आइतबार, भदौ ९, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको विकासका लागि सरकारले लगानीको वातावरण सिर्जना गर्ने बताएका छन् । उनले प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासको मुख्य आधार कृषि, पर्यटन, उद्योगलगायतका क्षेत्र रहेको बताए ।

सन्तानको कामनासहित तीनछठ्ठी पर्व मनाइँदै
आइतबार, भदौ ९, २०८१
पश्चिम तराईमा सन्तानको दीर्घायुको कामनासहित आज तीनछठ्ठी पर्व मनाइँदैछ । भैरहवा र आसपासका क्षेत्रहरु धकधई, बेथरी, मर्चवारलगायत स्थानका महिलाहरुले व्रत बसेर यो पर्व मनाइरहेका छन् ।

सुनकोसीमा खसेको गाडी भेटियो, नदीमा बेपत्ता तीनजनाको खोजी जारी
आइतबार, भदौ ९, २०८१
शनिबार साँझ सुनकोसी नदीमा खसेर बेपत्ता भएको गाडी आइतबार बिहान २ बजे भेटिएको छ । खोटाङको हलेसीबाट भक्तपुर जाने क्रममा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेस्थित मध्यपहाडी लोकमार्गबाट नदीमा खसेको प्रदेश ३–०१–०२३ च ६३६६ नंको हाइलक्स गाडी भेटिएको हो ।

पशुमा कृत्रिम गर्भाधान गराउने किसानको सङ्ख्यामा वृद्धि
आइतबार, भदौ ९, २०८१
जिल्लामा रहेका पशुपालक किसानमा कृत्रिम गर्भाधानतर्फ आकर्षण बढ्दै गएको छ । पशु सेवा कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा पशुलाई कृत्रिम गर्भाधान गराउने किसानको सङ्ख्यामा वृद्धि भएको हो ।

तनहुँ दुर्घटनाः मृतकको शव भारत पठाइयो
शनिबार, भदौ ८, २०८१
तनहुँको ऐनापहरामा बस दुर्घटनामा परेर मृत्यु भएकाहरूको शव भारत पठाइएको छ । भरतपुर अस्पतालमा शव परीक्षण सकेपछि भारतीय एयरफोर्सको जहाजबाट आज अपराह्न भरतपुर विमानस्थलबाट ती शव भारत पठाइएको हो ।

तनहुँ बस दुर्घटनाः मृतक सबैको शव परीक्षण चितवनमा हुने
शनिबार, भदौ ८, २०८१
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका -२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण चितवनमा हुने भएको छ ।

तनहुँ दुर्घटना : २१ को मृत्यु, १६ घाइेतलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो
शुक्रबार, भदौ ७, २०८१
तनहुँको आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा आज भएको यात्रु बस दुर्घटनामा २१ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपि ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस सडकबाट अन्दाजी दुई सय मिटर तल मर्यस्याङ्दी नदीमा खस्दा २२ जना घाइते भएका छन् ।

मकै र कोदो खेतीको विकल्पमा किबी
शुक्रबार, भदौ ७, २०८१
किबी खेतीमा संलग्न हुन्थेनन् भने बेनी नगरपालिका–३ भकिम्लीका ४१ वर्षीय लालबहादुर पुन यतिबेला युरोप, अमेरिका र खाडीका कुनै देशमा श्रम र पसिना बगाइरहेको हुन्थे ।

‘विदेशमा दुःख गर्नुभन्दा बुकीमै भैँसी पाल्दा सजिलो लागेको छ’
शुक्रबार, भदौ ७, २०८१
परम्परादेखि भेडा पाल्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका ७२ वर्षीय रनबहादुर विकले भेडाबाख्राको संख्या घटाउदै गएका छन् । पूर्वी रुकुम, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन शिकार आरक्षको गर्पाछोडाको बुकी पाटनमा गत साउन अन्तिम साता भेटिएका विकले ३२ वर्र्षदेखि पाल्दै आएको भेडाको गोठ बेच्ने योजना रहेको जानकारी दिए ।
-1721213837.jpg)
तोलामा पाँच सयले घट्यो सुनको मूल्य
शुक्रबार, भदौ ७, २०८१
स्थानीय बजारमा आज सुनको मूल्य तोलामा पाँच सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहीबार प्रतितोला एक लाख ५१ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ५१ हजार चार सय निर्धारण भएको छ ।