काफल बेचेर आम्दानी गर्ने नागरिक लकडाउनका कारण समस्यामा
मंगलबार, जेठ २०, २०७७
रिब्दीकोट गाउँपालिकाद्वारा उपभोक्ताको घर–घरमा तरकारी
शनिबार, जेठ १७, २०७७
जिल्लाको रिब्दीकोट गाउँपालिकाले कृषकले उत्पादन गरेका तरकारी उपभोक्ताको घर–घर सम्म पुुर्याउने काम गरेको छ । लकडाउनका कारण कृषकहरुले उत्पादन गरेको तरकारीको बजारिकरणमा समस्या भएको भन्दै गाउँपालिकाले कृषि एम्बुलेन्समार्फत उपभोक्ताको घरमै तरकारी पुुर्याएको हो ।
बगनासकाली १ का कृषकलाई अनुदानमा मौरी घार
शुक्रबार, जेठ १६, २०७७
जिल्लाको बगनासकाली गाउँपालिका वडा १ चिर्तुङ्गधाराका मौरी पालक कृषकहरुलाई अनुदानमा मौरी घार वितरण गरिएको छ । वडाले आ.व. २०७६/०७७ को वार्षिक स्विकृत कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा वडाका ५४ जना कृषकहरुलाई मौरी घार वितरण गरेको हो ।
सामूहिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै महिला
बिहीबार, जेठ १५, २०७७
वालिङ नगरपालिका–१० स्थित बर्तुङ र राङ्दीका महिला सामूहिक तरकारी खेती गरेर आत्मनिर्भर बन्दै गएका छन् । गह्रौकालिका नागरिक सचेतना केन्द्रमा आबद्ध महिलाले सामूहिक तरकारी खेती थालेपछि उनीहरू आत्मनिर्भर बन्दै गएका हुन् । उनीहरुले २० रोपनी जमिनमा तरकारी खेती गरेका छन् ।
बन्दाबन्दी : कृषिमा सक्रिय बन्दै पाल्पाका युवा
बुधबार, जेठ १४, २०७७
बन्दाबन्दीका समयमा पाल्पाका युवा कृषिमा सक्रिय बनेका छन् । यहाँका विभिन्न स्थानमा तरकारी, फलफूल खेती तथा पशुपक्षी पालन गर्ने कृषकको संख्या बढेको छ । जिल्लामा व्यावसायिक फार्म दर्ता गर्ने तथा आफूखशी तरकारी खेती गरेर गाउँमै बिक्री हुने भएपछि यसप्रति आकर्षण बढेको हो ।
सुन्तला र कागतीका बिरुवाको माग अत्याधिक
मंगलबार, जेठ १३, २०७७
बन्दाबन्दीले उद्योगव्यवसाय सञ्चालन हुन नपाए पनि पाल्पाको रैनादेवी क्षेत्रमा नर्सरी सञ्चालकलाई फलफूलका बिरुवाको उत्पादन र बेच्न कुनै समस्या परेको छैन ।
रामपुरमा कृषि एम्बुलेन्स सेवा सञ्चालनमा
शनिबार, जेठ १०, २०७७
लकडाउनका कारण कृषकहरुले उत्पादन गरेको तरकारीको बजारिकरणमा समस्या भएको भन्दै पाल्पाको रामपुर नगरपालिकाले कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । कृषि शाखाले कृषि सहकारीहरु संग समन्वय गरी शनिबार देखि कृषि एम्बुलेन्स मार्फत तरकारी संकलन तथा विक्री गर्न सुरु गरेको हो । कृषकहरुको उत्पादन खेर नजाओस् भन्ने उद्देश्यका साथ नगरपालिकाले हप्तामा...
किसानको तरकारी बजारमा पुर्याउन समस्या
शुक्रबार, जेठ ९, २०७७
व्यावसायिक रूपमा उत्पादित तरकारी विक्री हुन छाडेपछि किसान चिन्तित बनेका छन् । बन्दाबन्दीका कारण उत्पादित तरकारी बजारसम्म निकासी गर्न नपाउँदा विक्री हुन सकेको छैन । जिल्लाको पूर्वखोला गाउँपालिकाको सिलुवा, खुमडाँडा, सालबास, साठीटोल, मैदान, ढलीमारा, लामे लगायतका स्थानमा उत्पादित तरकारी बजारमा पुर्याउन समस्या हुँदा खेतबारीमै कुहिदै गएको किसानाको गुनासो छ ।
‘बीउ र मल नपाए भोकमरीको भाइरस आउँछ’
सोमबार, जेठ ५, २०७७
‘भोक नै सबैभन्दा ठूलो रोग हो ।’ धम्मपदमा उल्लिखित शाक्यमुनि बुद्धको उक्त वचनलाई स्वीकार्दै रुपन्देहीका जनप्रतिनिधिले सरकारको ध्यानकर्षण गराएका छन् ।
रम्भा गाउँपालिकाले वैदेशिक रोजगारबाट फर्कनेहरुलाई कृषि पशुपालनमा लगाउने
शनिबार, जेठ ३, २०७७
रम्भा गाउँपालिकाले वैदेशिक रोजगारबाट फर्कने नागरिकलाई कृषि पशुपालनमा लगाउने भएको छ । कोरोना संक्रमणको कारण विदेशिक रोजारमा रहेका नेपालीहरु रोजगार गुमाएर घर फर्किने क्रम शुरु भएपछि गाउँपालिकाले विदेशमा रोजगारी गर्ने नागरिकहरुको विवरण संकलन गरी उनीहरुलाई व्यवसायमा लगाउने भएको हो ।
२२ लाख बराबरको तरकारी तथा फलफूल विक्री
शुक्रबार, जेठ २, २०७७
बन्दाबन्दीमा पाल्पाको माथागढीका जंगल तथा बारीमा फलेका तरकारी तथा फलफूल २२ लाख बराबरको बिक्री भएको छ ।


