Shittalpati
रामपुरमा भएको मोटरसाइकल दुर्घटनामा घाइते एकको मृत्यु

पाल्पा, जिल्लाको रामपुरमा भएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका एक जनाको ज्यान गएको छ । गत विहीबार रामपुर नगरपालिका–६ तालपोखरास्थित भित्री पक्की सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका तिलकपुरका २२ वर्षीय दानबहादुर कुमालको आइतबार विहान मृत्यु भएको हो ।

रामपुरको तिलकपुरदेखि तालपोखरातर्फ जाँदै गरेको लु.७ प २३६४ नम्वरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ५१ प ९७२ नम्वरको मोटरसाइकल एक आपसमा ठोक्किन पुगी लु.७ प २३६४ नम्वरको मोटरसाइकल चालक कुमाल घाइते भए थिए । घाइते उनलाई रामपुर अस्पतालमा सामन्य उपचारपछि लुम्बिनी मेडिकल कलेज प्रभास रिभर गरिएकोमा त्यहाँबाट थप उपचारका लागि भैरहवा पठाइएको थियो । उनको त्यहाँ उपचार भए पनि ९० प्रतिशत ब्रेन डेड भएकाले उपचार सम्भव नभएपछि डाक्टरले घर पठाएका थिए । कुमाललाई आफ्न्तले घर लैजादै गर्दा रामपुर अस्पतालमा चेकजाँच गर्दा डाक्टरले आइतबार विहान मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । दुर्घटनामा उनीसँगै पछाडी सवार रहेका सोही ठाउँका २२ वर्षीय दिलबहादुर कुमाल घाइते भएका थिए । यस्तै दुर्घटनामा परी बा ५१ प ९७२ नम्वरको मोटरसाइकल चालक रामपुर –६ गैटारका २० वर्षीय रामु विक र पछाडी सवार सोही ठाउँका १९ वर्षीय अनुप विक पनि घाइते भएका थिए ।

प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update