Shittalpati
प्यूठानमा जिप दुर्घटना, एक जनाको मृत्यु, १५ घाइते

पाल्पा, प्यूठानको स्वर्गद्वारी दर्शन गरेर फर्कंदै गरेको जिप स्वर्गद्वारी नगरपालिका ४ स्थित भ्यागुते भन्ने स्थानमा दुर्घटना भएको छ । शनिबार लु ३ च ३५३ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा घटनास्थलमै एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा रुपन्देहीको मायादेवी गाउँपालिका–३ की ३२ वर्षीया गुडिया ठाकुर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी १५ जना घाइते भएका छन् । घाइते सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिपमा १७ यात्रु सवार रहेको बुझिएको छ । प्रहरीका अनुसार चालक सकुसल छन् । घाइतेहरुलाई थप उपचारका लागि बुटवल पठाइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति: शनिबार, साउन १४, २०७९  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update