Shittalpati
तानसेन –रिडी सडक बन्द

पाल्पा, तानसेन–रिडी सडक खण्ड बन्द भएको छ । यस सकड खण्डको जोर्तेमा सकड चौडा पार्ने कार्य भइरहेकाले शनिबारदेखि सडक बन्द गरिएको हो । सडक निर्माणको समय बिहान ४ः३० देखि ८ः३० बजेसम्म सडक बन्द रहने छ ।

त्यस्तै बिहान ८ः ३० देखि ११ बजेसम्म बाटो खुल्ला हुने छ । बिहान ११ बजेदेखि २ बजेसम्म बाटो बन्द हुने र दिउँसो २ बजे देखि ४ः३० बजेसम्म सडक खुल्ला हुने छ । साथै साँझा ४ः३० देखि ८ः३० सम्म सडक बन्द हुनेछ । भने रातीको ८ः३० देखि बिहान ४ः३० सम्म सडक खुल्ला रहने सडक निर्माण कार्य गरिरहेको प्रदिप साइन जे.भि काठमाडौंले जनाएको छ । सडक बन्द समयमा गुल्मीदेखि जाने साना सवारी साधनले लुहुङ्ग बतासेडाँडा भएर चल्न सक्ने छन् ।

प्रकाशित मिति: शनिबार, असोज ९, २०७८  १४:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update