Shittalpati
पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा, शनिबार बिहानैदेखि परेको निरन्तर वर्षाका कारण पहिरो जाँदा सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । सडक माथिबाट ढुङ्गा सहितको पहिरो खस्दा सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका–३ अन्तर्गत सिद्धबाबा क्षेत्रका कदमबास, छहरा, हेडबक्स, नागमन्दिर लगायतका दर्जन बढी स्थानमा पहिरोले सडक अवरुद्ध भएको हो ।

सडकमा भएको पहिरो पन्छाउँदै सिद्धबाबा मन्दिर नजिक पुगेपनि वर्षा नरोकिएको र ढुंगा खस्ने क्रमसमेत बढेकाले काम गर्न नसकिएको दोभान प्रहरी चौकीले जनाएको छ । सडक अवरुद्ध भएपछि पाल्पा, गुल्मी, अर्घाखाँची, बुटवल जाने आउने सवारी साधन रोकिएका छन् ।

 

प्रकाशित मिति: शनिबार, साउन २, २०७८  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update