हाइवे-विशेष

पाल्पाको तिनाउमा पहिरोले ट्याक्टर र जेसिबी पुरिँदा एकको मृत्यु, एक घाइते

Shittalpati Reporter

पाल्पा, जिल्लाको तिनाउ गाउँपालिका –६ डुँम्रे स्थित भित्री कच्ची सडकमा पहिरोले ट्याक्टर र जेसिबी पुरिँदा एकको मृत्यु एक घाइते भएका छन् ।
डुँम्रेबाट होलीघाटतर्फ ढुङ्गा लोड गरी जाँदै गरेको लु ४ त ६६२९ नम्वरको ट्याक्टर पहिरोले पुरिँदा ट्याक्टर सहयोगी बर्दिया अस्मेरी गाउँपालिका –३ का २७ वर्षीय महेन्द (मुमलाल) पुनको मृत्यु भएको हो । पुनको उपचारका क्रममा तानसेस्थित लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी डुँम्रेमा अस्थायी रुपमा बसोबास गर्दै आएका थिए ।

ट्याक्टर हिलोमा फस्न जाँदा लु १ क २४९६ र लु १ क २४९७ नम्वर को जेसिबीले ट्याक्टर निकाल्ने क्रममा अचनाक माथिबाट खसेको पहिरोले ट्याक्टर र जेसिबी पुरिँन जाँदा लु १ क २४९६ नम्वरको जेसिबी चालक रैनादेवी छहरा गाउँपालिका–१ का २० वर्षीय सरोज बुढा घाइते भएका छन् ।
घाइते उनको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको जनाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले बताए ।

 


प्रकाशित मिति: शनिवार, श्रावण २, २०७८, ०९:१९:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

तानसेन –रिडी सडक बन्द शनिवार, श्रावण २, २०७८, ०९:१९:००
पर्वतमा पहिरोमा परी दशको मृत्यु शनिवार, श्रावण २, २०७८, ०९:१९:००