Shittalpati
पाल्पाको रिब्दीकोटमा टिपर दुर्घटना : चालकको मृत्यु

पाल्पा । जिल्लाको रिब्दीकोट गाउँपालिका ३ लम्सीका रुख स्थित सडकमा टिपर दुर्घटना भएको छ । आइतबार सुनवलबाट पाल्पाको सिद्देश्वरमा रहेको सिमेन्ट कारखाना तर्फ जाँदै गरेको लु २ ख २१७१ नम्वरको टिपर दुर्घटना भएको हो ।

दुर्घटनामा चालक रैनादेवी छहरा गाउँपालिका –५ मुझुङ्गका ४० वर्षीय रामु कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक मदन गिरीले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, पुस १९, २०७७  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update