Shittalpati
गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

रमेश विश्वकर्मा
गुल्मी । गुल्मीमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका ७ भनभने स्थित टिमुरखर्कबाट गिट्टी लोड गरी भनभने तर्फ आउँदै गरेको लु ३ त ६८९६ नम्बरको ट्याक्टर शुक्रवार बेलुकी आफै अनियन्त्रित भई पल्टिदा स्थानीय नेत्र बहादुर घर्तीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते उनको जिल्ला अस्पताल तम्घासमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी केदार राज पन्तले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी सोही ठाउँका मनोज घर्ती पनि घाईते भएका छन् । उनको टाउकाको दाहिने भागमा चोट लागेको र अवस्था सामान्य रहेको छ । ट्याक्टर सडकबाट झण्डै १७ मिटर तल खसेको प्रहरीले जनाएको छ । ट्याक्टर चालक भने सामान्य रहेको र सम्पर्कमा रहेको प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update