Shittalpati
पाल्पाको रम्भामा ५० वर्षीय पुरुषको शव फेला

पाल्पा । जिल्लाको रम्भा गाउँपालिका–२ मा एक पुरुषको शव फेला परेको छ । सोमबार बिहान रम्भा २ गाबुडाँडा बस्ने बर्ष ५० का नारायण बहादुर जर्घाको मृत अवस्थामा शव फेला परेको हो ।

घरमा थाहा नदिई हिडेका उनी केही समय सम्पर्क बिहिन भएका थिए । उनी सम्पर्क विहिन भएपछि परिवारले प्रहरीलाई खवर गरेका थिए । जर्घालाई प्रहरी, स्थानीय र आफन्तले खोजतलास गर्दा घर नजिकै पूर्वतर्फ रहेको गाबुडाँडा लेधेम पहाडको खोल्सामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज १९, २०७७  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update