हाइवे-विशेष

छोराद्वारा आमाको हत्या

Shittalpati Reporter

दमक । झापाको कमल गाउँपालिका–७ मा आइतबार साँझ ७ बजेतिर छोराले आमाको हत्या गरेको छ । बाह्रघरे नजिकै मुसहर बस्तीका स्थानीय २१ वर्षीय दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी ५० वर्षीया आमा मीरा ऋषिदेवको हत्या गरेको हो ।

मदिरा सेवन गरेर आएका दिनेशले आमासँग विवाद भएपछि बञ्चरो प्रहार गर्दा आमाको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए । नशाको सुरमा दिनेशले आमामाथि अन्धाधुन्ध हतियार प्रहार गरेको वडाध्यक्ष पृथ्वीपति राईले जानकारी दिए । हत्या गर्ने छोरालाई गाउँलेले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए । प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरेको प्रहरी नायव उपरीक्षक पण्डितले वताए । –रासस


प्रकाशित मिति: सोमवार, भदौ २९, २०७७, ०२:५१:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

पहिरामा पुरिएर दुईको मृत्यु सोमवार, भदौ २९, २०७७, ०२:५१:००
६ महिनापछि आन्तरिक उडान सञ्चालनमा सोमवार, भदौ २९, २०७७, ०२:५१:००