Shittalpati
गुल्मीका कोरोना संक्रमितको मृत्यु : सामजिक विकास मन्त्रालय

बुटवल । गुल्मीका कोरोना संक्रमित ४१ वर्षीया पुरुषको मृत्यु भएको प्रदेश पाँचको सामाजिक विकास मन्त्रालयले जनाएको छ । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत उनको बिहीबार विहान मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले जानकारी दिए ।

अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेका उनको अवस्था बुधबारदेखि गम्भीर रहेको थियो । ‘अस्पतालले औपचारिक रुपमा मन्त्रालयलाई मृत्युको जानकारी पठाएको छ, चौधरीले भने,‘शव व्यवस्थापनको तयारी थालिएको छ ।’ जेठ १ गते उपचारका लागि क्रिमसन अस्पतालमा आएका उनको दुई गते स्वाब संकलन गरिएको थियो ।

जेठ ५ गतेमात्रै उनमा कोरोना पोजेटिभ देखिएको हो । भैरहवास्थित प्रयोगशालाले स्वाव परीक्षण गरेको थियो । उनको मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । बुधबार संक्रमितको मृत्यु भएको हल्ला फैलिएपछि अस्पतालले विज्ञप्ति जारी गर्दै मृत्यु नभएको जनाएको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०७७  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update