Shittalpati
रानीमहलस्थित कालीगण्डकी नदीमा डुंगा पल्टिँदा ६ जना बेपत्ता

पाल्पा, रानीमहलस्थित कालीगण्डकी नदीमा डुंगा पल्टिँदा ६ जना बेपत्ता भएका छन् । रानीमहल घुम्न पुगेका पर्यटकहरु र्याफ्टिङ गर्ने क्रममा डुंगा पल्टिँदा बेपत्ता भएका हुन् ।
डुंगामा ७ जना सवार रहे पनि एक जनाको चालकले उद्धार गरेका छन् । र्याफ्टिङ गर्नेहरू भारतीय पर्यटक रहेको बुझिएको छ । बेपत्ताको खोजीका लागि नेपाली सेना र सशस्त्र प्रहरीलाई परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए ।

प्रकाशित मिति: बिहीबार, असार २, २०७९  २०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update