Shittalpati
हल्का वर्षा र हिमपातको सम्भावना

पाल्पा, नेपालमा पश्चिमी वायुको प्रभावका कारण आगामी तीन दिन हल्ला वर्ष र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मंगलबार बेलुकादेखि देशको पश्चिमी भू–भाग हँुदै प्रवेश गरेको वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहको विभागले बताएको हो । बुधबार दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको भएको थियो ।

आज दिउँसो पहाडी भू–भागमा आँशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । राती सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं १ मा आँशिक बदली रहि प्रदेश नं २ मा मौसम सामान्यतया सफा रहने छ । शुक्रबार दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ । राती सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं १ मा आँशिक बदली रहि प्रदेश नं २ मा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति: बिहीबार, माघ २९, २०७७  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update