Shittalpati
रेसुङ्गा विमानस्थलमा तारा एयरले डेमो उडान गर्दै

गुल्मी,गुल्मीको रेसुङ्गा नगरपालिकास्थित सिमिचौरमा निर्माण सम्पन्न भएर सञ्रुचालनको तयारीमा रहेको रेसुङ्गा विमानस्थलमा तारा एयरले प्रदर्शन (डेमो) उडान गर्दै छ । तारा एयरको ट्वीनअटर जहाजले आइतबार (२४ पुस) डेमो उडान गर्न लागेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उक्त जहाज रेसुङ्गा विमानस्थल प्रस्थान गर्ने छ । एयरलाइन्स कम्पनीका अनुसार तारा एयरले आइतबार बिहान १०ः३० मा डेमो उडान गर्नेछ । यो जहाजले काठमाडौंबाट गुल्मी पुग्न ५० मिनेटको समय लगाउने जनाइएको छ । जहाजमा निर्वाचित सांसद चन्द्र भण्डारी, गोकर्ण विष्ट, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री लगायतका नेताहरु जहाजमा रहने छन् । तारा एयरले डेमो उडान गरेसँगै नियमित उडान गर्ने जनाएको छ । नियमित उडानका लागि भने कम्तिमा २ साता लाग्नेछ । २०७५ सालको जेठ महिनामा तारा एयरले परीक्षण उडान गरे पनि नियमित उडान भने हुन सकेको थिएन । अर्को वर्ष विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसले केही असर ग¥यो । यस अघि वैशाखमा पनि नियमित उडान गर्ने भनिएता पनि निर्माण कम्पनीको ढिलाइका कारण उडान हुन सकेको थिए । २०६३ सालदेखि निर्माण कार्य सुरु भए पनि काममा ढिलाई हुँदा नियमित उडानमा समस्या भाएको थियो । रेसुङ्गा विमान स्थल धावनमार्गको लम्बाइ ५२० मिटर र चौडाइ २० मिटर रहेको छ । कुल १५६ रोपनी जग्गामा यो विमानस्थल फैलिएको छ ।

गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेको रेसुा विमानस्थलबाट नियमित उडान भएमा आम गुल्मेलीलाई राहत महशुस हुने छ । छिमेकी जिल्ला अर्घाखाँची, प्यूठान र बाग्लुङलाई पनि रेसुङ्गा विमानस्थलले टेवा पु¥याउने विश्वास गरिएको छ ।

प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update