आज खेलकुद पत्रकार दिवस मनाइँदै
कला/संस्कृति/मनोरन्जन
शिरीष देवकोटाको ‘कहाँ हो तिम्रो मावल’ गीत सार्वजनिक

पाल्पा, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै ख्याती कमाएका पाल्पाली गायक शिरीष देवकोटाको नयाँ रोइला गीत ‘कहाँ हो तिम्रो मावल’ सार्वजनिक भएको छ । कृष्ण बि.क (भान्जा)को एरेन्ज रहेको गीतको भिडियो बुधबार साँझ युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
देकोटाको स्वर, शब्द, संगीत रहेको गीतमा उनीसँग गायिका ऋतु कंडेलले स्वर दिएकी छन् । काजिश श्रेष्ठको निर्देशनमा यसको भिडियो तयार भएको हो । भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी र लोमश शर्माको नृत्य रहेको छ । साथै, गायक/गायिका पनि भिडियोमा प्रस्तुत छन् । रोइला गीतका पर्याय मानिने शिरीषको एक वर्षको अन्तरालमा यो नयाँ रोइला सार्वजनिक भएको हो । गतवर्ष उनको ‘बोलीदेउ आधार’ बोलको रोइला गीत सार्वजनिक भएको थियो । पाल्पाको दर्लमडाँडामा जन्मिएका शिरीषको ‘खरबारीमा जान्छु, मुठ्ठी लिन्छु टोलाउँछु, पात बजाउँदै बोलाउँछु’, ‘म त आउने थिइनँ, यही चाल होला भन्या भा’, ‘दुर्गा हौ कि भवानी, बढ्दै गाको जवानी’, ‘अहिले टारी खेतमा गहुँ नछर तिल छर, माया लाउन मिल्छ र’ जस्ता रोइला गीत निकै चर्चित मानिन्छन् ।
‘कहाँ हो तिम्रो मावल’लाई पनि स्रोता एवं दर्शकले रुचाउने उनले विश्वास लिएका छन् । ‘भिडियोको भ्युज अलि कम छ । तर, जतिले हेर्नुभएको छ राम्रो प्रतिक्रिया दिनुभएको छ’ गीतको प्रारम्भिक प्रतिक्रियाबारे बताउँदै उनले भने, ‘भिडियो राम्रो बनेको छ । यस प्रकारका गीतको भ्युज विस्तारै बढ्ने गरेको छ । यो गीतले पनि विस्तारै राम्रो भ्युज पाउँदै जाने विश्वास छ ।’ ‘कहाँ हो तिम्रो मावल’को भिडियोलाई अजय रेग्मीले क्यामेरामा कैद गरेका हुन् भने दीपक विष्टले यसको सम्पादन एवं कलर गरेका हुन् । भिडियो गायिकाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
थप समाचार
Follow Us
View our latest news on any of these social networks!