Shittalpati
आलै छ कोरोनाले बनाएको घाउ
आलै छ कोरोनाले बनाएको घाउ सीमा सिल थियो, आवागमन कहिले खुल्ने ? थाहा थिएन । जीविकाको एकमात्र स्रोत डुङ्गा पनि बन्द भएपछि खेदू मल्लाहलाई दुई छाक टार्न धौधौ भएको थियो । खेती गर्ने जग्गा जमिन थिएन ।
विश्व क्यान्सर दिवस मनाइदैं
विश्व क्यान्सर दिवस मनाइदैं विभिन्न चेतनामूलक कार्यक्रम गरी आज विश्व क्यान्सर दिवस मनाइदैं छ । ‘विश्वभरि हाम्रो आवाज एकजुट हो र कारवाही’ भन्ने नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सुरुमै क्यान्सर रोगको उपचार भएमा बिरामी पूर्णरुपमा निको हुने भएकाले यसबारे सर्वसाधारणमा जनचेतना बढाउन हरेक वर्षको फेब्रुअरी ४ मा यो...
रगतसम्बन्धी सबै सेवा निःशुल्क
रगतसम्बन्धी सबै सेवा निःशुल्क बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क हुने भएको छ । बुटवल उपमहानगरपालिकाले रक्तसञ्चार सेवा केन्द्रसँग सम्झौता गरी बुटवलका बासिन्दाले रुपन्देहीका अस्पतालहरूमा उपचाररत रहँदा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ लिँदा शुल्क नलाग्ने व्यवस्था गरेको हो ।
स्वास्थ्य केन्द्र निर्माण
स्वास्थ्य केन्द्र निर्माण बुटवल उपमहानगरपालिकाभित्र ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा पुर्‍याउन सुविधा सम्पन्न दुईवटा भवन निर्माण थालिएको छ । वडा नं १७ को मोतीपुर र वडा नं १३ को बेलबासमा १६–१६ शय्याका अक्सिजन सुविधासहित स्वास्थ्य केन्द्रको निर्माण सुरु भएको हो ।
पाल्पामा कुष्ठरोगी : विगत चार वर्षदेखि स्थिर !
पाल्पामा कुष्ठरोगी : विगत चार वर्षदेखि स्थिर ! पाल्पामा कुष्ठरोगीको संख्या न्यूनीकरणमा सोंचेजस्तो सफलता मिल्न सकेको छैन । विगत चार वर्षदेखिको अवस्था हेर्ने हो भने जिल्लामा कुष्ठरोगीको संख्या स्थिरजस्तो देखिन्छ । कुनै वर्ष संख्या थपिएको छ भने कुनै वर्ष संख्या ओरालो लागेको देखिन्छ ।
पाल्पामा १२ जना कुुष्ठरोगी
पाल्पामा १२ जना कुुष्ठरोगी विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सन् २०१० अर्थात् वि.सं. २०६६ माघ ५ गते नेपाललाई कुष्ठरोग निवारण भएको घोषणा गर्यो । नेपालमा कुष्ठरोग जनस्वास्थ्यको समस्याका रूपमा छैन भनेर एक दशक अघि नै घोषणा गरिए पनि अझै धेरै जिल्लाहरुमा यो रोग हट्न सकेको छैन ।
आज विश्व कुष्ठरोग दिवस मनाइदैं
आज विश्व कुष्ठरोग दिवस मनाइदैं आज ७० औं विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाइँदै छ । हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतबार विश्व कुष्ठ रोग दिवस मनाउने गरिन्छ । कुष्ठरोग विरूद्ध जनचेतना फैलाउने उद्देश्यले सन् १९५४ देखि यो दिवस विश्वभर मनाउन थालिएको हो ।
अझै ९८ हजारले पाएनन् कोरोना बिमा भुक्तानी
अझै ९८ हजारले पाएनन् कोरोना बिमा भुक्तानी कोरोना महामारीबाट जोखिम वहनका लागि गरिएको कोरोना बिमाको भुक्तानी अझै ९८ हजार भन्दा बढीले पाउन सकेका छैनन् । सुरुमा दाबी परेका कुल १ लाख ६२ हजार ३ सय ४६ जना मध्ये ९८ हजार ७ सयले अझै भुुक्तानी पाउन नसकेका हुन् । दाबी परेकामध्ये अहिलेसम्म ६३ हजार ६ सय ४६ जनाले...
शिक्षकलाई योग तथा आयुर्वेद सम्बन्धी अभिमुखीकरण
शिक्षकलाई योग तथा आयुर्वेद सम्बन्धी अभिमुखीकरण शिक्षकहरुका लागि योग तथा आयुर्वेद सम्बन्धी अभिमुखिकरण दिइएको छ  । गुल्मी आयुर्वेद स्वास्थ्य कार्यालय गुल्मीले रेसुङ्गा नगरपालिका भित्रका शिक्षकहरुका लागि दुुई दिने अभिमुखिकरण कार्यक्रम गरेको हो ।
पाल्पाका स्वास्थ्य संस्थामा पिउने पानीमा देखियो ‘कोलिफर्म’ !
पाल्पाका स्वास्थ्य संस्थामा पिउने पानीमा देखियो ‘कोलिफर्म’ ! मानिसहरू बिरामी भएपछि उपचारका लागि स्वास्थ्य संस्था जाने गर्छन् तर, तिनै स्वास्थ्य संस्थामा स्वच्छ पिउने पानी समेत नहुँदा त्यहाँ पुग्ने विरामी थप रोग बोकेर घर फर्कनु पर्ने अवस्था आएको छ ।
इस्माका नागरिकको निःशुल्क मुटु परीक्षण
इस्माका नागरिकको निःशुल्क मुटु परीक्षण जिल्लाको इस्मा गाउँपालिकाले यहाँका नागरिकहरुको शिविरमार्फत निःशूूल्क मुुटुु परीक्षण गरेको छ । पालिकाले वडानम्बर २ को छल्दीमा माघे सक्रान्तिको अवसर पारेर दीर्घारोगी, अपाङ्गता र ६० बर्ष माथिका नागरिकहरुको निःशुल्क मुटु परीक्षण गरेको हो ।
खोप लगाउन मन्त्रालयको आग्रह
खोप लगाउन मन्त्रालयको आग्रह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना नानीबाबुलाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई दादुरा र रुबेलाबाट बचाउन नौ महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा खोप लगाउन आग्रह गरेको...
Weather Update