आज मानसिक स्वास्थ्य दिवस मनाइँदै
सोमबार, असोज २४, २०७९
देशभर ६ सय २८ जना सक्रिय संक्रमित
शुक्रबार, असोज २१, २०७९
पछिल्लो २४ घण्टामा ११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ७ सय ३७ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
छहराको भुवनपोखरीमा आयुर्वेदिक क्लिनिक सञ्चालन
सोमबार, असोज १०, २०७९
जिल्लाको रैनादेवीछहरा गाउँपालिकाले वडा नंं ३ भुवनपोखरीमा नागरिक आरोग्य सेवा गाउँ घर क्लिनिक सेवा सुुरु गरेको छ । नागरिक आरोग्य सेवाको गाउँपालिकाका अध्यक्ष रुकमागत भट्टराईले शुभारम्भ गरे ।
कोरोनासँगै डेंगुको सामना
आइतबार, असोज ९, २०७९
विश्वभर हलचल मच्चाइरहेको कोरोना महामारीले तनाव दिइरहेका बेला नेपालमा फेरी डेंगुको प्रकोपले अर्को तनाव सिर्जना गरिदिएको छ । कोरोना संक्रमणसँग लडिरहेका नागरिकहरु यति बेला डेंगुको प्रकोपसँग सामना गरिहेका छन् । कोही कोरोनासँग लडिरहेका छन् भने कोही डेंगुसँग । कतिपले यी संक्रमणलाई जित्न सफल भएका छन् भने कोही पराजित भई मृत्युको...
रक्तसञ्चार केन्द्र नहुँदा उपचारमा समस्या
बिहीबार, असोज ६, २०७९
पाल्पा जिल्लाकै सरकारी क्षेत्रमा ठूलो अस्पतालका रुपमा रामपुर अस्पताल पर्दछ । विशेषज्ञसहित सेवा प्रदान गर्ने उद्देश्यले १५ शैयामा सञ्चालित सो अस्पताललाई ५० शैयामा स्तरोन्नति गरिएको हो । अस्पतालको स्तरोन्नति भएसँगै पूर्वाधार विकासमा जोड दिइएको छ । हाल यस अस्पतालमा सेवा लिन पुग्ने सेवाग्राहीको चाप दिनहुँ बढ्दो छ । बिरामीको चाप...
घट्दै कोरोना संक्रमण
मंगलबार, असोज ४, २०७९
पछिल्लो केही दिन यता नेपालमा कोरोना संक्रमण दर घट्दै गएको छ । अहिले सय भन्दा कम संख्यामा संक्रमित देखिन थालेका छन् । सोमबार ९१ जनामा संक्रमण देखिएको थियो ।
पाल्पामा डेंगुको महामारी, एकको मृत्यु, एक सय २१ विरामी
मंगलबार, असोज ४, २०७९
पाल्पामा डेंगुले महामारीको रूप लिएको छ । साउनको पहिलो सातादेखि फाटफुट्ट देखिएको डेंगु अहिले महामारीको रूपमा देखा पर्न थालेको हो । साउन महिनामा मात्र २३ जनामा देखिएको डेंगुको संक्रमण अहिले १ सय २१ जनामा पुगेको छ । एक जनाको मृत्यु भएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका–१, ख्याहाका ५८ वर्षीय डेंगु...
पाल्पामा डेंगु संक्रमित पुरुषको मृत्यु
सोमबार, असोज ३, २०७९
पाल्पामा डेंगु संक्रमित एक पुरुषको ज्यान गएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका–१, ख्याहाका ५८ वर्षीय डेंगु संक्रमित पुरुषको ज्याज गएको हो । उनको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा शनिबार ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
पाल्पामा राष्ट्रिय परिवार नियोजन दिवस मनाइयो
आइतबार, असोज २, २०७९
नवौं राष्ट्रिय परिवार नियोजन दिवस तथा ६४ औं नेपाल परिवार नियोजन संघ स्थापना दिवस पाल्पामा पनि मनाइएको छ । ‘व्यवस्थित परिवार हाम्रो अधिकार, हामी सबै जिम्मेवार’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो । जिल्लामा परिवार नियोजनको क्षेत्रमा काम गर्दै आएको परिवार नियोजन संघ पाल्पाले आइतबार पत्रकार तथा सञ्चारकर्मीसँग अन्तरसंवाद...
लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चितता घोषणा
शुक्रबार, भदौ ३१, २०७९
लुम्बिनी प्रदेशलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी प्रदेश पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । दाङको राप्ती गाउँपालिकाको कार्यालय मसुरीयामा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा गरे ।
डेङ्गुबाट बच्न सतर्कता अपनाउन आग्रह
बुधबार, भदौ २९, २०७९
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीले डेङ्गुको जोखिम बढिरहेकाले सतर्कता अपनाउन सबैमा आग्रह गरेका छन् । आज अपिल जारी गर्दै उनले डेङ्गुको पहिचान र उपचारमा कमी हुन नदिन मन्त्रालय लागिपरेको बताए ।
लुम्बिनी प्रादेशिक अस्पताल नेपालमै पहिलो
आइतबार, भदौ २६, २०७९
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याड्ढनमा नेपालमै पहिलो भएको छ । सो अस्पताल सेकेण्डरी बी लेभल अस्पतालको न्यूनतम सेवा मापदण्ड मूल्याड्ढनमा दोस्रोपटक पहिलो प्रथम हुन सफल भएको हो ।
लुम्बिनी अस्पतालको भवन ठेक्का यथास्थितिमै राख्न आदेश
बुधबार, भदौ २२, २०७९
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको भवन ठेक्का प्रक्रियालाई यथास्थितिमा राख्न उच्च अदालत तुलसीपुर बुटवल इजलासले अन्तरिम आदेश दिएको छ । गत साउन २५ गते न्यायाधीश रामप्रसाद ओलीको इजलासले ठेक्का प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेकामा गत शुक्रबार अन्तरिम आदेशमार्फत त्यसलाई निरन्तरता दिएको हो ।


