लुम्बिनी प्रादेशिक अस्पताल नेपालमै पहिलो
आइतबार, भदौ २६, २०७९

लुम्बिनी अस्पतालको भवन ठेक्का यथास्थितिमै राख्न आदेश
बुधबार, भदौ २२, २०७९
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको भवन ठेक्का प्रक्रियालाई यथास्थितिमा राख्न उच्च अदालत तुलसीपुर बुटवल इजलासले अन्तरिम आदेश दिएको छ । गत साउन २५ गते न्यायाधीश रामप्रसाद ओलीको इजलासले ठेक्का प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेकामा गत शुक्रबार अन्तरिम आदेशमार्फत त्यसलाई निरन्तरता दिएको हो ।

डेंगुले कोरोना ओझेलमा, पाल्पामा पनि बढ्यो डेंगु, परीक्षण गर्न किट अभाव
मंगलबार, भदौ २१, २०७९
मुलुकको सम्पूर्ण ध्यान कोभिड–१९ तिर केन्द्रित भइरहेका बेला एकाएक डेंगुको लहर उर्लंदो छ । काठमाडौैं केन्द्रित जस्तो देखिएको डेंगु पछिल्लो समय पाल्पा सहित देशका ७२ जिल्लामा फैलिसकेको छ । मुलुकमा दैनिक २÷३ सयको हारहारीमा कोरोना संक्रमण देखिए पनि पछिल्लो समय डेंगु संक्रमणले ओझेलमा परेको छ ।

सोमबार दुई सय छ संक्रमित निको भए
सोमबार, भदौ २०, २०७९
पछिल्लो २४ घण्टामा मुलुकमा दुई सय ६ जना कोरोना संक्रमित निको भएका छन् । देशका विभिन्न अस्पताल र होमआइशोलेसनमा उपचार गराइरहेका दुई सय ६ जना संक्रमित निको भएका हुन् । योसँगै निको हुने दर ९८.६ प्रतिशत रहेको छ ।

वृद्धवृद्धालाई टोलमै उपचार
आइतबार, भदौ १९, २०७९
तानसेन नगरपालिका ३ भगवती टोलका ६० वर्षीय अनमोल श्रेष्ठलाई उमेर ढल्कदै गएपछि बेलाबेलामा विभिन्न स्वास्थ्य समस्याले घेरिरहन्छ । टोलमै पुगेर स्वास्थ्यकर्मीले उनको चेकजाँच गर्न थालेपछि उनी खुसी भएका छन् । चिकित्सक सहितको स्वास्थ्यकर्मी टोलमै आएर उनको प्रेसर र सुगर चेक गरे । त्यसपछि उनी निःशुल्क औषधि दिएर घर फर्किए ।...

तानसेनमा दीर्घरोगी र वृद्धवृद्धालाई निः शुल्क स्वास्थ्य सेवा
शनिबार, भदौ १८, २०७९
दिर्घरोगी र वृद्धवृद्धालाई लक्षित गरी तानसेनको बसन्तपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । घर–घर, टोल–टोलमा नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा अभियान अन्र्तगत तानसेन नगरपालिका –३ वडा कार्यालयले कार्यालय परिसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

पाल्पामा आमा सुरक्षा कार्यक्रम पुनः सञ्चालन
बिहीबार, भदौ १६, २०७९
पाल्पामा निःशुल्क रुपमा आमा सुरक्षा कार्यक्रम लागु भएको छ । २ वर्षदेखि बन्द अवस्थामा रहेको आमा सुरक्षा कार्यक्रम यही भदौ १५ गतेदेपख पुनःसञ्चालनमा आएको हो । तानसेन नगरपालिकाको कार्यालय र लुम्बिनी मेडिकल कलेज बिच आमा सुरक्षा कार्यक्रम सम्झौता भएपछि सुत्केरी हुने गर्भवती महिलाहरुलाई राहत मिल्ने भएको हो ।

पाल्पामा थप ३७ जना संक्रमितले कोरोना जिते
बुधबार, भदौ १५, २०७९
जिल्लामा पछिल्लो २४ घण्टामा थप ३७ जना संक्रमितले कोरोना जितेका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका १९ जना महिला र १८ जना पुरुष संक्रमितले कोरोना जितेका हुन् ।

आपत्कालिन स्वास्थ्य प्रतिकार्य निर्माणमा रेडक्रस
शनिबार, भदौ ११, २०७९
नेपालमा दिनहुँ स्वास्थ्य विपद्का घटनाहरु बढ्दै गएपछि नेपाल रेडक्रस शोसाईटी पाल्पाले तानसेन नगरपालिकासँग समुदायमा आधारित स्वास्थ्य तथा प्राथमिक उपचार र आपत्कालिन स्वास्थ्य कार्यक्रम तथा आपत्कालिन स्वास्थ्य प्रतिकार्य योजना तर्जुमा कार्यक्रम गरेको छ ।

पाल्पामा थप २७ जना संक्रमितले कोरोना जिते
मंगलबार, भदौ ७, २०७९
जिल्लामा पछिल्लो २४ घण्टामा थप २७ जना संक्रमितले कोरोना जितेका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका १७ जना महिला र १० जना पुरुष संक्रमितले कोरोना जितेका हुन् ।

कोरोनाका कारण थप दुई जनाको ज्यान गयो
शनिबार, भदौ ४, २०७९
कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप दुई जनाको ज्यान गएको छ । देशका विभिन्न अस्पताल तथा होमआइशोलेशनमा उपचार गराइरहेका दुई जनाको शनिबार ज्यान गएको हो । योसँगै कोरोना संक्रमणका कारण ज्यान जानेको संख्या ११ हजार ९ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

८ सय ५२ नयाँ संक्रमित थपिए
बुधबार, भदौ १, २०७९
पछिल्लो २४ घण्टामा ८ सय ५२ नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् । देशका विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणमा थप ८ सय ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

काँग्रेस केन्द्रीय सदस्यमा १० महिला मनोनित
बुधबार, भदौ १, २०७९
नेपाली काँंग्रेसले १० जना महिलालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले १० जनालाई काँग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरेका हुन् ।