Shittalpati
करेन्ट लागेर एक व्यक्तिको मृत्यु

पाल्पा, तानसेनमा घर बनाउने क्रममा एक व्यक्तिको करेन्ट लागेर मृत्यु भएको छ । खोटाङ जेन्तेढुङ्गा गाउँपालिका ३ स्थायी घर भई तानसेन नपा वडा १, गैरागाउँमा लेवर काम गरी बस्दै आएका ३४ वर्षिय महेश राईको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तानसेन नपा वडा ४ सिल्खानटोलमा बस्ने झविन्द्र देवकोटाको घर बनाउने क्रममा अचानक करेन्ट लागेर राई घाइते भएका थिए । उनलाई उपचारको लागि मिसन अस्पताल लगिएको र उपचारको क्रममा मृत्यु भएको थियो । घटना बारे थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

 

प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update