Shittalpati
तिनाउ नदीमा शव फेला

रुपन्देही, बुटवलको तिनाउ नदीमा सोमबार एक शव फेला परेको छ । बुटवल उपमहानगरपालिका–११ प्रगतिनगरमा तिनाउ खोलाले बगाएर ल्याएको अवस्थामा बुटवल–११ बुद्धनगरका ६५ वर्षीय किशोर नेपालीको शव भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिए । शव परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको प्रमुख केसीले बताए । –रासस

प्रकाशित मिति: सोमबार, असार ६, २०७९  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update