Shittalpati
गुल्मी प्रहरीद्वारा गाँजा नष्ट

गुल्मी । प्रहरीले जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१० को सिमीचौरमा अवैध रुपमा रहेको गाँजा फँडानी गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक रुद्रनाथ सापकोटा र सशस्त्र प्रहरी बल ३७ नम्बर गुल्मका सशस्त्र प्रहरी नायव निरीक्षक वीरबहादुर महतराको कमाण्डमा खटिएको टोलीले उक्त स्थानमा रहेको ८ कुन्टल गाँजाका बोट नष्ट गरेको हो । करिब २ रोपनी जग्गामा प्राकृतिक रुपमा उम्रेका २२ सय गाँजाका बोट फँडानी गरि नष्ट गरिएको प्रहरीले जनाएको छ । प्रहरी, स्थानीय जनप्रतिनिधिको रोहोवरमा उक्त गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) केदारराज पन्तले बताए ।

कोरोना भाइरसको महामारीका बेला हुन सक्ने घरेलु हिंसा लगायतका सामाजिक अपराधलाई निस्तेज पार्नका लागि परिचालन भएका क्रममा प्रहरीले गाँजा फेला पारेर फँडानी गरेर नष्ट गरेको हो । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि जनचेतना फैलाउनका लागि समेत प्रहरीले गस्ती बाक्लो बनाएको छ । जिल्ला प्रहरी कार्यालयले केही यता जिल्लामा गाँजा फँडानी अभियानलाई जारी राखेको छ । पछिल्लो सयम जिल्लामा लागुऔषध प्रयोगकर्ता बढ्दै जान थालेपछि त्यसको अत्य गर्नको लागि अभियान सञ्चालन गरिएको डिएसपी पन्तले बताए । मान्छेमा चेतना नभएका कारण वा कतै बुझ पचाएर गाँजा खेती फस्टाई रहेकाले बिस्तारै सबै स्थानमा सबैको सहयोगबाट गाँजालाई मुक्त गरिने प्रहरी नायव उपरीक्षक पन्तले बताए । गाउँमा पशुचौपाय विरामी हुँदा गाँजा खुवाउदा ठिक हुने भएकाले गाँजाको बोट हुर्काउने प्रचलन रहेको छ । तर प्रहरीले पशुचौपायका लागि भन्ने बहाना मात्रै भएकाले गाँजाका बोट राख्नु र हुर्काउनु अवैध भएकाले फडानी गर्दै आएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update