Shittalpati
बगनासकाली गाउँपालिका ९ का वडा अध्यक्षद्वारा पत्रकार सम्मेलन, प्रक्रियागत ढङ्गले काम भएको दावी

पाल्पा । बगनासकाली गाउँपालिका ९ का वडा अध्यक्ष ठानेश्वर तिमिल्सिनाले पत्रकार सम्मेलनको आयोजना गरेका छन् । उनले विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारले आफुलाई दुखि बनाएको भन्दै पत्रकार सम्मेलन गरेका हुन् ।

चापपानीमा रहेको लाटडाँडा चौपारीमा रहेको पिपलको हागाँ काटिएको विषयमा समाचार आएपछि वडा अध्यक्ष तिमिल्सिनाले पत्रकार सम्मेलन गरी सो विषयमा ध्यानाकर्षण गराएका छन् । उनले प्रक्रियागत ढङ्गले स्थानीय उपभोक्ता, गाउँपालिका, डिभिजन वन कार्यालयको सहमतीमा पिपलको हागाँ काटिएको बताए । उनले समाचारमा कुनै पनि सत्यता नरहेको भन्दै समाचारको खण्डन गरेका छन् ।

वडा अध्यक्ष तिमिल्सिनाले समाचारमा आएका कपोलकल्पित मनगनन्ते र भ्रामक लेखाईले वडा कार्यालयको ध्यानाकर्षण भएको बताए । उनले भने ‘सडक चौडा गर्ने क्रममा जरा काटिई धराप भई स्थानीयवासीहरु त्रासी जीवन विताउन बाध्य भएको हुँदा स्थानीय बुद्धबहादुर थापा सहित स्थानीयहरुले पिपलको हाँगा कटानी छटानी गरी पाउँ भनि दिएको निवेदनका आधारमा वडा कार्यालयको मासिक नियमित पूर्ण बैंठकको निर्णय अनुसार प्रक्रियागत ढंगबाट हागाँहरु कटानी छटानी गर्न गाउँपालिका र डिभिजन वन कार्यालयको स्थलगत अनुगमन पश्चात पिपलका हाँगाहरु कटानी छटानी गरिएको हो ।’ रुखै ध्वस्त बनाइएको भनि लेखिएको समाचा प्रति आपत्ति जनाउदै वडा अध्यक्ष तिमिल्सिनाले पिपलको रुखका हाँगाहरु मात्र हटाइएको , रुख र चौपारी यथावतै रहेको बताए । कार्यकर्ता रिजाउन निवेदन समेत नलिई चौपारी मास्ने प्रपञ्च रहेको भन्ने विषयमा आफुको कुनै पनि गलत मनसाय नरहेको र प्रक्रियागत ढंङ्गले काम भएको उनले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।

प्रकाशित मिति: आइतबार, माघ १९, २०७६  १९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update