Shittalpati
गुल्मीमा राष्ट्रपति रनिङ शिल्ड हुँदै

रमेश विश्वकर्मा

गुल्मी,जिल्ला खेलकुद विकास समिति गुल्मीको आयोजनामा गुल्मीमा ११ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । प्रतियोगिता चैत्र २० गतेदेखि २२ गतेसम्म हुने भएको हो ।

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको फागुन १९ गते बसेको बैठकमा यस्तो निर्णय गरेको पत्रकार सम्मेलनमार्फत जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिए । उनका अनुसार प्रतियोगिता सदरमुकाम तम्घासस्थित चिदिचौर खेलमैदानमा हुने निर्णय गरिएको छ ।

प्रमुख विश्वकर्माले भने ‘गाउँपालिका एवम् नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि भई प्रथम, द्वितिय स्थान प्राप्त गरी जिल्लास्तरीय प्रतियोगितामा भाग लिने छात्र/छात्रा खेलाडीहरुको नामावली विवरण सहभागि हुनु पर्ने फाराम भरी चैत्र १७ गते भित्र जिल्ला खेलकुद विकास समितिको कार्यालयमा पेश गर्नु पर्नेछ । सो प्रतियोगितामा भलिवल छात्र÷छात्रा, कबड्डी छात्र÷छात्रा, एथलेटिक्स : दौड (ट्रयाक), उफ्रने र फ्याँक्ने (फिल्ड) तर्फ हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट मार्सल आर्ट तर्फ : कराँते, तेक्वान्दो, उसु छात्र/छात्रा खेलहरु समावेश गरिने भएको विश्वकर्माले बताए ।

 

प्रकाशित मिति: शुक्रबार, फागुन २१, २०७७  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update