Shittalpati
राष्ट्रिय क्रिकेट टोली इंग्ल्याण्ड प्रस्थान

काठमाडौ । पाकिस्तानको राष्ट्रिय क्रिकेट टोली इंग्ल्याण्ड प्रस्थान गरेको छ । कोरोना भाइरसको महामारीकै बीच इंग्ल्याण्डसँग क्रिकेट श्रृंखला खेल्नका लागि पाकिस्तानी टोली त्यसतर्फ गएको हो । इंग्ल्याण्ड पुगेपछि पाकिस्तानी टोली आइतबारदेखि १४ दिन आइसोलेशनमा बस्ने छ ।

कोरोनाबाट केही खेलाडी संक्रमित भए पनि पिसिआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएका २० खेलाडीहरुको समूह भ्रमणमा निस्किएको हो । अजहर अलीको कप्तानीमा रहेको टोलीको उपकप्तान बाबर आजम रहेका छन् । पाकिस्तानले इंग्ल्याण्डसँग ३ वटा टेस्ट र ट्वेन्टी ट्वेन्टी खेलको श्रृंखला खेल्दैछ । दुई टोलीबीचको टेस्ट श्रृंखला जुलाई ३० मा सुरु हुनेछ भने टी–ट्वेन्टी श्रृंखला अगष्ट २९ देखि सेप्टेम्बर २ सम्म हुनेछ ।

प्रकाशित मिति: सोमबार, असार १५, २०७७  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update