गुल्मीमा कोरोना संक्रमितको संख्या शून्यमा झर्यो
बिहीबार, फागुन १३, २०७७
विहीबार थप ८४ जनाले कोरोना जिते
बिहीबार, फागुन १३, २०७७
पाल्पा, फागुन १३/ नेपालमा विहीबार थप ८४ जना कोरोना संक्रमितले कोरोना जितेका छन् ।
स्वास्थ्य तथा जनसङ्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालमा उपचाररत ८४ संक्रमितले कोरोना जितेका हुन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या दुई लाख ७० हजार २ सय २३ पुगेको छ । उनीहरु सबै कोरोना...
भारतका ९० प्रतिशत संक्रमित सात प्रदेशमा
बिहीबार, फागुन १३, २०७७
भारतमा कोरोनाभाइरसबाट कुल संक्रमित मध्ये झण्डै ९० प्रतिशत संक्रमितहरु सात प्रदेशमा मात्रै रहेका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार नयाँ देखिएका अधिकांश संक्रमितहरु ती प्रदेशमा रहेकाले कुल संक्रमितको संक्रया पनि तीनै प्रदेशहरूमा धेरै देखिएका हुन् ।
बेथल र सेनका विद्यार्थीले परियोजनाकार्य गर्दै
बिहीबार, फागुन १३, २०७७
नसेनका दुई विद्यालयका विद्यार्थीहरुले परियोजनाकार्यलाई अगाडि बढाएका छन् । परियोजना कार्यमार्फत व्यवहारिक ज्ञान हासिल गर्नका लागि बेथल ईङ्लिस सेकेण्डरी बोडि· स्कुल र सेन माध्यमिक विद्यालयका कक्षा ६ र ७ मा अध्ययनरत विद्यार्थीहरुले परियोजना कार्य गर्न लागेका हुन् ।
‘सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन्छौ’
बिहीबार, फागुन १३, २०७७
जिल्लाको माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने गरी गाउँपालिकाले काम गरेको बताएका छन्
झडेवाको कर्णधार प्राविले मनायो वार्षिकोत्सव
बिहीबार, फागुन १३, २०७७
माथागढी गाउँपालिका ४ झडेवामा रहेको कर्णधार प्राथमिक विद्यालयको ३८ औ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयले एक औपचारिक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।
बाघको छालासहित दुई पक्राउ
बिहीबार, फागुन १३, २०७७
बाघको छालासहित दुई व्यक्ति पक्राउ परेका छन् । प्रतिबन्धित बाघको छालाको कारोबार गर्दै आएका तुलसीपुर उपमहानगरपालिका–४ गोठी खोलाबाट सल्यानका दुई जना युवकलाई प्रहरीले पक्राउ गरेका हो । रा ४ प ८८४७ नम्बरको मोटरसाइकलमा सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेका उनीहरुलाई पक्राउ गरिएको दाङ प्रहरीले जनाएको छ ।
‘सर्वोच्चको फैसलालाई जीत र हारको विषय नबनाऔँ’
बुधबार, फागुन १२, २०७७
रुपन्देही, प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको निर्णय बाहिर आएसँगै सत्ता पक्ष र प्रतिपक्षी दलका नेताले विभिन्न प्रतिक्रिया दिएका छन् । बुधबार बुटवलमा आयोजित कार्यक्रममा उनीहरुले सर्वोच्च अदालतको फैसला सबैलाई स्वीकार हुने भएकाले यसलाई जित र हारको विषय बनाउन नहुनेमा जोड दिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा लुम्बिनी...
संसद् पुनःस्थापनापछि गुल्मी काँग्रेसले जनतासँग खुसीयाली साटासाट गर्दै
बुधबार, फागुन १२, २०७७
गुल्मी, फागुन १२÷ सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम असंवैधानिक ठह¥याउँदै संसद् पुनःस्थापना गरेपछि नेकपा सहित नेपाली काँग्रेसले खुसीयाली मनाएको छ । गुल्मी काँग्रेसले पनि सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेपछि जिल्लामा खुसीयाली मनाएको छ । काँग्रेसले मंगलबार खुसीयालीमा दिपप्रज्वलन गरेको थियो, भने शुक्रबार जिल्लाका १२ वटै स्थानीय तहका जनतासँग...
थप १ सय १० जनामा कोरोना संक्रमण पुष्टि
बुधबार, फागुन १२, २०७७
पछिल्लो २४ घण्टामा थप १ सय १० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार मंगलबार थप १ सय १० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको हो ।
सर्वोच्चको ऐतिहासिक फैसला प्रतिनिधिसभा पुनःस्थापना
बुधबार, फागुन १२, २०७७
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम संविधानको आधारभूत मर्म, मूल्य र मान्यता प्रतिकूल रहेको ठह¥याएको छ । विघटनको निर्णय गर्दा नेपालको संविधानले निर्दिष्ट गरेका निश्चित पूर्वावस्थाको अभाव देखिएको तथा संविधानको आधारभूत मर्म, मूल्य र मान्यता प्रतिकूल भएको हुँदा प्रतिनिधिसभा पुनःस्थापना गर्नुपरेको फैसलामा उल्लेख छ ।
प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसला
मंगलबार, फागुन ११, २०७७
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा पुनःस्थापना गर्ने फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको संवैधानिक इजलासले आज प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला सुनाएको हो ।
तीन वनमा लागेको आगो १८ घण्टापछि नियन्त्रणमा
मंगलबार, फागुन ११, २०७७
बागलुङको गलकोटका तीनवटा सामुदायिक वनमा लागेको आगो झण्डै १८ घण्टापछि नियन्त्रणमा आएको छ । सोमबार दिउँसोदेखि गलकोट नगरपालिका–५ र ७ का सामुदायिक वनमा लागेको आगो स्थानीयवासी र प्रहरीको सक्रियतामा आज बिहान नियन्त्रणमा आएको हो ।


