४० कोरोना संक्रमित थपिए
मंगलबार, असार २१, २०७९

भरुवा बन्दुक पड्किँदा माथागढीका दर्लामी घाइते
सोमबार, असार २०, २०७९
भरुवा बन्दुक पड्किँदा पाल्पा माथागढीका १९ वर्षीय टेकबहादुर दर्लामी घाइते भएका छन् । भरुवा बन्दुक बोकी जंगलमा गएको अवस्थामा लडेर पड्किँदा माथागढी गाउँपालिका–५ महलपोखरीका दर्लामी घाइते भएका हुन् ।

हतियारसहित तीन भारतीय पक्राउ
सोमबार, असार २०, २०७९
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–६ बसपार्कबाट हतियारसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले यूपी ५५ एडी ०६४८ नम्बरको भारतीय मोटरसाइकलमा सवार तीन जनालाई आइतबार राती हतियारसहित पक्राउ गरेको हो ।

बस्यालको सानै उमेरमा राष्ट्र र समाजप्रतिको मोह
सोमबार, असार २०, २०७९
उमेरले १९/२० वर्ष पुगेका पाल्पा बगनासकाली गाउँपालिका –८ बराङ्दीका सुशिल बस्याल देश र समाजप्रति चिन्तन, मनन् गर्ने एक युवक हुन् । गीतमार्फत होस् वा कर्म गरेरै किन नहोस् समाज र देशप्रति देखाएको चिन्तन र मनन् प्रष्टै देखिन्छ ।

थप ५३ जनामा कोरोना
सोमबार, असार २०, २०७९
पछिल्लो २४ घण्टनामा नेपालमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणमा थप ५३ जनामा संक्रमण देखिएको हो ।
.jpg)
मल बिना नै धान रोप्दै किसान
आइतबार, असार १९, २०७९
पाल्पाको अन्न भण्डारका रुपमा चिनिने माडीफाँटमा मल बिना धान रोप्दै किसान । यहाँका अधिकांस किसानले मल अभावमा मल प्रयोग नगरी रोपाइँ गर्दै छन् भने केहीले महँगो मूल्यमा भए पनि मल ल्याएर धान रोपाइँ गरिहेका छन् । किसानलाई मनसुनले साथ दिएपनि वर्षेनी रासायनिक मलले भने साथ दिएको छैन ।

संक्रमण बढ्यो : तीन सय चौध कोरोना संक्रमित
आइतबार, असार १९, २०७९
नेपालमा पछिल्ला दिनहरुमा कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लागेको छ । भारतमा संक्रमण बढ्दै गएपछि त्यसको असर नेपालमा पनि परे हो । यहाँ स्वास्थ्यका मापदण्ड पालना नगरेका कारण संक्रमणको ग्राफ बढ्दै गएको छ ।

कृषकलाई अनुदानमा हाते ट्याक्टर
आइतबार, असार १९, २०७९
रामपुरका कृषकलाई अनुदानमा हाते ट्याक्टर वितरण गरिएको छ । हराभरा महिला कृषि सहकारी संस्था रामपुरले रामपुर नगर सरकारको सहयोगमा यहाँका कृषकलाई हाते ट्याक्टर दिएको हो । धान खेति पकेट विकास कार्यक्रममा सहभागी कृषकहरुलाई ५० प्रतिशत अनुदानमा ११ वटा हाते ट्याक्टर वितरण गरिएको सहकारीले जनाएको छ ।

दिनहुँ थपिँदै हैजाका बिरामी
आइतबार, असार १९, २०७९
संघीय राजधानी काठमाडौंमा हैजाका विरामीहरु एकपछि अर्को गरी दिनहुँ देखिन थालेका छन् । आम नागरिकबाटै हेलचेक्य्राइँ भएपछि हैजाका विरामीहरु दिनहुँ थपिदै गएका हुन् ।

सिँचाइले बाँझो जमिन हराभरा
शनिबार, असार १८, २०७९
सिँचाइ अभावमा बाँझिएका जमिन अहिले हरियालीमय बनेको छ । हिजो सिँचाइ नहुँदा खेती गर्न छाडिएका बाँझो खेतमा हरियाली अन्नपात फलेको देख्दा हरिबहादुर रानाका आँखाबाट हर्षका आँशु पोखिन्छन् । बालबच्चा लालनपालन गर्न खेती लगायो उचित समयमा सिँचाइ दिन नसक्दा बीउ पनि उब्जाउन मुस्किल हुने ती जग्गामा लटरम्म अन्नपात फलेको देख्दा उनलाई...

रेसुङ्गाका बिस कृषक सम्मानित
शनिबार, असार १८, २०७९
जिल्लाको रेसुङ्गा नगरपालिका भित्रका बिस जना कृषक सम्मानित भएका छन् । नगरपालिकाले कृषि तथा पशुपक्षीका क्षेत्रमा व्यवसायिक रुपमा उल्लेखनीय काम गरेबापत बिस जना उत्कृष्ट कृषकलाई सम्मान गरेको हो ।

पाखुरे वनमा आठ हजार विरुवा रोपियो
शुक्रबार, असार १७, २०७९
पाखुरे सामसदायिक वनमा आठ हजार विरुवा रोपिएको छ । जिल्लाको रैनादेवी छहरा –४ मा रहेको उक्त वनमा दालचिनिका आठ हजार बिरुवा रोपिएको हो ।

थप ५५ जनामा कोरोना
शुक्रबार, असार १७, २०७९
पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विहीबार देशका विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणमा थप ५५ जनामा संक्रमण देखिएको हो ।